जिल्ला समाचार

गुल्मीमा आश्रममा रहेका वृद्धाहरुलाई न्यानो कपडा बितरण

अनिल खत्री
२२ मंसिर, गुल्मी । परिवारबाट बिभिन्न कारणले हेला वा साहारा गर्ने मान्छे नै नभएपछि बृद्ध आश्रममा बस्दै आएका बृद्धहरुलाई सहयोग गरिएको छ । गुल्मीको रुरुक्षेत्र रिडी आश्रममा रहेका वृद्धवृद्धाहरुलाई चिन्तामणी भुसल निमकला प्रतिष्ठान परिवारले न्यानो कपड़ा वितरण गरेका छन् ।

जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर–१ रिडी स्थित वृद्ध आश्रममा बस्दै आएका ४५ जना बृद्धहरुलाई गुल्मी सदरमुकाम तम्घासमा रहेका चिन्तामणी भुसल निमकला प्रतिष्ठानले न्यानो कपडासँगै खाध्यन्न सामाग्री बितरण गरेको हो । रुरु क्षेत्र स्थित २ वटा आश्रय स्थलमा बस्दै आएका बृद्ध महिलाहरुलाई सामुहिक रुपमा जम्मा गरेर प्रतिष्ठनका सदस्य नन्दराम भुसाल, डिल्लीराज भुसाल र बालकृष्ण भुसालले हस्तातरण गरेका हुन् । घर परिवारबाट हेला भएका र बिभिन्न कारणले आश्रय स्थलमा बस्दै आएकाहरुलाई सहयोग गर्ने उदेश्यले न्यानो कपडा र खाध्यन्न सामाग्री हस्तातरण गरेको चिन्तामणी भुसल निमकला प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले बृद्धहरुलाई ओडनको निम्ति बलाङकेट, खाध्यन्न सामाग्री र नगद पनि प्रदान गरिएको थियो । चिसोमा बृद्धहरुलाई बस्न खानको निम्ति सहजहोस भन्ने उदेश्यले न्यानो कपडा बितरण गरिएको प्रतिष्ठानका सदस्य डिल्लीराज भुसालले बताउनु भयो । रुरु क्षेत्रमा रहेका २ वटा आश्रय स्थल मानब कल्याण बृद्धा आश्रममा १५ जना र रिषीकेश मन्दीर आश्रममा ३० जना बृद्ध महिलाहरु बस्दै आएका छन् । आश्रम स्थलमा ५० वर्ष पहिले देखि नै बस्दै आएको बृद्धहरु रहेका छन् ।

आश्रय स्थलमा रहेका बृद्धाहरुले निजि क्षेत्रबाट गरिएका बिभिन्न सहयोगबाट खाने बस्ने गर्दै आएका छन् । बृद्धहरुले सहयोग गरेमा सहयोगी संस्थालाई धन्यवाद दिएका थिए । मानव सेवा नै धर्म रहेकाले सहयोग गर्ने सहयोगीहरुको उज्जवल भबिश्यको कामना समेत गरेका थिए । न्यानो कपडासँगै खाध्यन्न पाउदा बृद्धहरु खुसी भएका थिए । आश्रय स्थलमा बस्ने बृद्धहरु आफ्नो लागि आफै पकाएर खाने र नसक्नेले अरु बृद्धहरुको सहयोगबाट दैनिकी बिताउदै आएका छन् ।

आश्रयस्थलमा ९० वर्षसम्मका बृद्धहरु बस्दै आएका छन् । रिडी क्षेत्रमा अधिकांश बृद्ध महिलाहरु बस्दै आएका छन् । दिनभर मन्दीरमा भजन कृतन गरेर समय बिताउदै आएका बृद्धहरुले परिवार सम्झीदा भकानिने गर्दछन् । आश्रमय स्थलमा बिशेष गरि परिवारबाट हेला भएका, बच्च बच्ची नभएका, अपांग, असाय बृद्धहरु बस्दै आएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D