gulminews logo
सोमबार, २०७९ श्रावण २३

गुल्मीमा आत्महत्याको डरलाग्दो स्थिति: तीन बर्षमा २४३ जनाले गरे आत्महत्या

हुमाकान्त पोखरेल
गुल्मी, १३ साउन । गुल्मीमा पछिल्लो तीन बर्षमा २४३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार आर्थिक बर्ष ०७६÷७७ देखि हालसम्म उक्त संख्यामा आत्महत्या गरेका हुन् । झुण्डी आत्महत्या, आत्महत्या दुरुत्सान, विष सेवन गरेर, पानीमा डुबेर एवम् हाम फालेर मानिसहरुले आत्महत्या गरेका छन् । सबैभन्दा धेरै तीन बर्षमा २११ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यस्तै आत्महत्या दुरुत्सानबाट चार, बिष सेवन गरी २४, पानीमा डुबेर तीन एवम् हाम फालेर एक जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव राज खरेलले जानकारी दिए ।

आर्थिक बर्ष २०७६÷७७ मा ७८ जनाले आत्महत्या गरे । जसमा झुण्डीएर ६७, बिष सेवन गरी नौ एवम् पानीमा डुबेर र हाम फालेर एक÷एक जनाले ज्यान गुमाएका छन् । आ.व. ०७७÷७८ मा ९८ जनाले आत्महत्या गरे । जसमा झुण्डीएर ८६, आत्महत्या दुरुत्सानबाट चार, बिष सेवन गरी सात र पानीमा डुबेर एक जनाले देह त्याग गरेका छन् । चालु आर्थिक बर्षको हालसम्म ६७ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डीएर ५८, बिष सेवन गरी आठ एवम् पानीमा डुबेर एक जनाले आफ्नै ज्यान गुमाएको खरेलले बताए ।

तनाव व्यवस्थापन गर्नुपर्ने

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भीम बहादुर दाहालले मानिसले तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्याको स्थितिमा पुग्ने बताए । गुल्मीमा घरेलु हिसां एवम् तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्याको दर बढेको भन्दै उनले त्यसलाई न्यूनिकरण गर्नुपर्ने बताए । त्यसको लागि जनचेतनामा बृद्धि गरी राज्यका सबै निकायले ध्यान दिनुपर्ने दाहालको भनाई छ ।

यो पनि पढ्नुस्

तम्घासको सडक स्तरोन्नती गर्ने काम अधुरै, बजेटमा जस लिनेको होटबाजी, कार्यान्वयमा वेवास्ता

हुमाकान्त पोखरेलगुल्मी, १५ साउन । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकोले डेढ बर्षअघि मर्मत

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D