gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

गुल्मीमा ८ महिनामा ४ हजार बढि सवारी कारवाहीमा, कस्ले कती तिरे ? हेर्नुस्

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

रमेश विश्वकर्मा
गुल्मी, चैत ३ । जिल्लामा आर्थिक वर्ष २०७६-०७७ सुरु भए देखि फागुन मसान्तसम्म ४ हजार ३ सय ५० सवारी साधन कारवाहीमा परेका छन् । आर्थिक बर्ष सुरु भएको पछिल्लो आठ महिनामा जिल्लामा सवारी साधन कारवाहीबाट २७ लाख २४ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका कार्यालय प्रमुख प्रविण आचार्यले जानकारी दिए । उनका अनुसार कारवाहीमा पर्ने बस, जिप÷कार, ट्याक्टर, ट्रक, मोटरसाईकल, लगायतका विभिन्न सवारी साधनहरु कारबाही परेका छन् ।

पछिल्लो आठ महिनामा जिल्लामा २० वटा सवारी साधन दुर्घटनामा परेका छन् । दुर्घटनामा परि १२ जनाको मृत्यु र ३२ जना घाईते भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए । ट्राफिक नियम उल्लङ्घन गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने, सवारी साधन अनुमति पत्र नलिई सवारी साधन चलाउने चालक, मापसे गरि सवारी साधन चलाउने चालक र विभिन्न सवारी साधन कारवाहीमा परेको बताईएको छ ।

कुन सवारीबाट कति राजस्व संकलन

पछिल्लो आठ महिनामा जिल्लामा सबैभन्दा धेरै मोटरसाईकल कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका कार्यालय प्रमुख प्रविण आचार्यले जानकारी दिए । उनका अनुसार मोटरसाईकल १ हजार ९ सय ८ रहेका छन् । जसबाट १३ लाख ६ हजार राजस्व संकलन भएको छ । त्यस्तै बस २ सय ४६ जसबाट १ लाख २५ हजार ५ सय, जिप÷कार १ हजार ७ सय जसबाट १० लाख २ हजार, ट्याक्टर २ सय १५ जसबाट १ लाख २३ हजार, ट्रक २ सय ७५ जसबाट १ लाख ६४ हजार ५ सय र अन्य सवारी साधनहरु ४ वटा जसबाट ३ हजार राजस्व संकलन भएको छ ।

जनचेतनामूलक कार्यक्रम

सडक दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई समेत जनचेतनामूलक कार्यक्रम तथा प्रशिक्षण कार्यक्रम गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका कार्यालय प्रमुख प्रविण आचार्यले बताए । उनले जिल्लाका सबै विद्यालयहरुमा ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको बताए । विद्यार्थी तथा शिक्षकहरुलाई प्रशिक्षण दिएको, ट्राफिक सम्बन्धि जनचेतना जगाउने खालका पर्चा पम्प्लेटहरु पनि टाँस्दै हिडेको प्रमुख आचार्यले जानकारी दिए ।

पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्थानीय निकायहरुसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको बताईएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाईरस सम्बन्धि आम सर्वसाधारणहरुलाई पनि सचेना गराउँदै आएको बताईएको छ ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D