कोरोनाजिल्ला समाचार

गुल्मीमा आठ महिनाको शिशु सहित थप १० जनामा कोरोना संक्रमण

अनिल खत्री
३ असार, गुल्मी । गुल्मीमा आठ महिनाको बच्चा सहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा थपिएका संक्रमितमध्ये रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवति गाउँपालिकामा १ जना गरि १० जना संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितमध्ये रेसुङ्गा नगरपालिकाको वडा नम्बर–२ का ३१ वर्षका, वडा नम्बर–११ मा २४ वर्षका, वडा नम्बर–१३ का २४ वर्षका, पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर–४ मा १८ वर्षकी युवती र ८ महिनाको बच्चामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यस्तै नगरपालिकाको वडा नम्बर–१२ मा २४ वर्षका, २० वर्षका, २३ वर्षका र १८ वर्षका पुरुषमा संक्रमण पुष्टी भएको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा लिएको स्वाब परिक्षण अनुसार कोरोना संक्रमणको पुष्टी भएको हो ।

त्यस्तै जिल्लाको सत्यवति गाउँपालिकाको वडा नम्बर–६ मा २५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको गाउँपालिकाका प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । सबैको स्वास्थ्य अबस्था सामान्य रहेको आशुलेसनमा राखेर उपचार भइरहेको अर्यालले बताए ।

थपिएका संगै जिल्लामा संक्रमितको संख्या ५८ जना पुगेको छ । जिल्लामा थपिएका संक्रमितहरु रुरुक्षेत्र गाउँपालिकामा ३ जना, सत्यवतिमा गाउँपालिकमा ५ जना, चन्द्रकोट गाउँपालिकामा २ जना, छत्रकोट गाउँपालिकामा १ जना रेसुङ्गा नगरपालिकामा १६ जना, गुल्मीदरवारमा ४ जना, इस्मा गाउँपालिकामा ९ जना, मालिका गाउँपालिकामा २ जना, धुर्कोट गाउँपालिकामा ३ जना, मदाने गाउँपालिकामा २ जना र मुसिकोट नगरपालिकामा ११ जना गरि ५८ जना पुगेका हुन् ।

संक्रमितमध्ये २ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणबाट जना २ जनाको मृत्यु भइसकेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D