कोरोनामुख्य हेडलाईन

गुल्मीमा आठ महिनाको शिशु सहित १४ जना कोरोना संक्रमित डिस्चार्ज

अनिल खत्री
८ असार, गुल्मी । गुल्मीमा आठ महिनाका शिशु सहित १४ जना कोरोना संक्रमितले कोरोना डिस्चार्ज भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाका आठ महिनाका शिशु सहित १४ जना कोरोना संकमितलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेहरु जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर वडा नम्बर–४ का आठ महिनाका शिशु , १८ वर्षकी महिला, वडा नम्बर–१ का ३० वर्षका, वडा नम्बर–२ को ३१ वर्षका पुरुष, वडा नम्बर–७ का २३ वर्षका पुरुष, वडा नम्बर–१० का २६ वर्षका र २० वर्षका पुरुष, वडा नम्बर ११ का २४ वर्षका पुरुष, वडा नम्बर–१२ का २० वर्षका, १८ वर्षका, २३ वर्षका, २४ वर्षका पुरुष, वडा नम्बर– १३ का २२ वर्षकी महिला र २४ वर्षका पुरुष डिस्चार्ज गरिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

डिस्चार्ज भएकाहरु १४ दिन आइशुलेसनमा बसेर डिस्चार्ज गरिएको हो । संक्रमित भएकाहरुमा कुनैपनि लक्ष्ण बिनाका भएकाले पुन कोरोना मुक्त भए नभएको भने चेकजाँच नगरि पठाइएको अर्यालले बताए ।

पछिल्लो निर्देशन अनुसार संक्रमण पुष्टी भएपनि कोरोनाको लक्ष्ण कुनैपनि नदेखिए पुन चेकजाँच गर्न नपर्ने नियम भएकाले चेकजाँच नगरि घर पठाइएको हो । गत जेठ १२ गते भारतबाट आएर क्वारेन्टीनमा बसेका बेला कोरोना संक्रमण पुष्टि भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम बताए ।

संक्रमितलाई रेसुङ्गा नगरपालिका वडा नम्बर–१ को आइशुलेसनमा राखेर उपचार गरिएको थियो । पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा कोरोना संक्रमित अनुसार जिल्लामा १७९ जना पुगेका छन् । संक्रमित २० जना कोरोना मुक्त भएकर घर फर्केका छन् ।

जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट ११६४ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५३३ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D