घटना-दुर्घटनाजिल्ला समाचार

गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु

अनिल खत्री
१ माघ, गुल्मी । गुल्मीमा गोठमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ निवासी ५१ वर्षिय जितबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

नेपालीको गोठमा सोमबार राति आगोलागी भएको थियो । आगो निभाउने क्रममा जलेर घाइते भएका नेपालीलाई थप उचारको लागि गएराति नै पाल्पा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालीका गोठमा रहेका २ वटा भैसी समेत जलेर मरेको प्रहरीले जनाएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker