गुल्मी, चैत ०८ । गुल्मी जिल्लाको रेसुंगा नगरपालिका ५ गोगनेमा आगलागी हँदा १ घर जलेर नष्ट भएको छ। गोगनमा रहेको गोपाल खनालको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र बहादुर खडकाका अनुसार शुक्रबार दिँउसो करिब ३ बजेतिर आगलागी भई गोपाल खनालको घर जलेर पूर्ण रूपमा नष्ट भएको बताए । उनले जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली, रेसुंगा नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको बताए ।
खड्काका अनुसार आगलागी के कति कारणले भएको भन्ने बारेमा अनुसन्धान भइरहेको र क्षतिको विवरण पनि बाँकी रहेको छ।