कोरोनाजिल्ला समाचार

गुल्मीमा अहिलेसम्म ४ सय ४६ जना क्वारेन्टाइनबाट घर फर्किए

मनु सुनार
गुल्मी, जेठ ०१ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै गरिएको लकडाउन बिहिबार ५२ औँ दिन भएको छ । लकडाउनको अवधिमा गुल्मीमा क्वारेन्टाइनमा रािखएका ५ सय ५ जना मध्ये अहिलेसम्म ४ सय ४६ जना क्वारेन्टाइनबाट घर फर्किएका छन् । लकडाउनको समयमा जिल्लामा भित्रिएका ८७ महिला र ४ सय १८ पुरुषलाई क्वारेन्टाइनमा राखिएको थियो ।

जसमध्ये ६८ महिला र ३ सय ७८ पुरुष क्वारेन्टाइनबाट घर फर्किएका हुन् । लकडाउनको समयमा जिल्लामा आएका उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर आवश्यक प्रक्रिया पुरा गरि घर पठाईएको स्वास्थ्य कार्यालय गुल्मीका कार्यालय प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिए । बाँकी ५९ जना अहिले पनि क्वारेन्टाइनमा रहेका छन् । त्यस मध्ये १९ जना महिला र ४० जना पुरुष अहिले पनि क्वारेन्टाइनमा रहेका डा.शर्माले जानकारी दिए ।

जसमा अग्ल्ुङ्ग माध्यमिक बिद्यालय मदाने गाउँपालिकामा दुई जना, मालिका गाउँपालिकामा रहेको देविस्थान माध्यमिक बिद्यालयमा पाँच जना, मालिका माध्यमिक बिद्यालयमा एक जना, दर्लिङ माध्यमिक बिद्यालयमा पाँच जना क्वारेन्टाइनमा रहेका छन् । इश्मा गाउँपालिको ठाडढुङ्गा माध्यमिक बिद्यालयमा १८ जना र आनन्दपुर माध्यमिक बिद्यालयमा १२ जना क्वारेन्टाइनमा रहेका छन् । गुल्मीदरबार गाउँपालिका अन्र्तगत बलिथुम स्वास्थ्य चौकीमा दुई जना, स्वामी प्राथमिक बिद्यालयमा १ जना क्वारेन्टाइनमा रहेका छन् ।

रुन्खादह माध्यमिक बिद्यालयमा दुई जना, लाकुरीडाडाँमा रहेको क्वारेन्टाइनमा २ जना रहेका स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । चन्द्रकोट गाउँपालिकाको बिशुखर्क स्थित स्थानीय घरमा बनाईएको क्वारेन्टाइनमा पाँच जना रहेका छन् । सत्यवती गाउँपालिकाको जनता माध्यमिक बिद्यालयमा बनाईएको क्वारेन्टाइनमा ४ जना रहेका छन् । क्वारेन्टाइनमा रहेका सबैको अवस्था समान्य रहेको स्वास्थ्य कार्यालय गुल्मीका कार्यालय प्रमुख डा.शर्माले जानकारी दिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम तथा संक्रमणलाई मध्यनजर गर्दै गरिएको लकडाउनको समयमा जिल्लामा आएका उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै यस जिल्लामा क्वारेन्टाइनको क्षमता बढाईएको छ । यस अघि क्वारेन्टाइनको क्षमता १ हजार ७७ रहेकोमा पछिल्लो समय थप गरी एक हजार ८४ पुर्याइएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा.शर्माले जानकारी दिए ।

यसैबिच कोरोना भाइरस (कोभिड–१९) बाट जोगाउन आज बिहान ६ बजेदेखि जेठ ५ गतेसम्म पाँच दिनका लागि जिल्लाई पूर्ण रुपमा सिल समेत गरिएको छ । प्रदेश पाँच अन्र्तगतका जिल्लाहरुमा कोरोना भाईरसको संक्रमणको उच्च जोखिम देखिएको र यस जिल्लामा पनि संक्रमण हुन सक्ने अवस्था उच्च देखिएको भन्दै रोगको संक्रमण रोकथामका लागि जिल्लाका सिमानाहरुमा मानिसहरुको आवतजावत पूर्ण रुपमा ठप्प पारिएको हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D