जिल्ला समाचार

गुल्मीमा अपाङ्गता पहिचान तथा लेखाजोखा सम्वन्धि अभिमुखीकरण तालिम सम्पन्न

कौरव खत्री
गुल्मी, १ फाल्गुन । गुल्मीको मुसिकोट नगरपालिकाको आयोजना तथा विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुर्नस्र्थापना केन्द्र सक्षम परियोजना गुल्मीको समन्वयमा अपाङ्गता तथा पहिचान लेखाजोखा सम्वन्धि एक दिने अभिमुखीकरण तालिम नगरपालिकामा सम्पन्न भएको छ ।

सोही अभिमुखीकरण तलिमका अवसरमा बोल्दै मुसिकोट नगरपालिकाका उपप्रमुख तथा अपाङ्गता समन्वय समतिका संयोजक कमला शर्माले अपाङ्गताका बारेमा नगरपालिकाले केही कार्यको थालनी गरेको भन्दै तालिमले सहि तथ्याङ्ग आउने र अपाङ्गता लेखाजोखाबाट पछाडी परेको अपाङ्गता लक्षित बर्गलाई माथी उठाएर अगाडी बढाउन थप सहयोग पु¥याउने बताइन ।

साथै सोही अवसरमा मुसिकोट नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष प्रकाश काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।तालिममा सहभागिहरुले अपाङ्गता भएका व्यक्तिहरुको बारेमा आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नगरशिक्षाका उपसचिव बावराम गौतम, लेखा अधिकृत शुकदेव ज्ञवाली, पशुसेवा शाखा प्रमुख रुमाखर मरासिनी, श्रोतव्यक्तिदोय देवीराम शर्मा,चुरा बहादुर छन्त्याल, लेखाका लगायतको सहभागिता रहेको थियो ।

अपाङ्गताको परिभाषा,बर्गीकरण,अधिकार सम्वन्धि ऐन र बर्तमान अवस्था अपाङ्गताको तथ्याङ्ग संकलन लगायतका विषयमा अपाङ्ग बाल अस्पताल तथा पूनस्र्थापना केन्द्र सक्षम परियोजनाका संयोजक गोविन्द्र चौधरी र परियोजनाका जिल्ला सुपरीवेक्षक शालिकराम तिमिल्सिना र सक्षम परियोजनाका गुल्मीका सहायक होमराज केसीले अभिमुखीकरण तालिमको सहजीकरण गरेका थिए ।

तालिममा मुसिकोट नगरकार्यपालिकाका सदस्य तथा जनप्रतिनिधिहरु तथा विद्यालयका प्रधानाध्यापक एवं शिक्षक प्रतिनिधि र सघं संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

तालिममा गाँउपालिका भित्रका वडाअध्यक्ष तथा कार्यपालिकाका सदस्यहरु एवं प्रतिनिधि गरि झण्डै ४५जनाको सहभागिता रहेको थियो ।

अभिमुखीकरण तालिम अपाङ्ग थियो भने कार्यक्रम मुसिकोट नगरकार्यपालिका सदस्य सत्या जिसीको स्वागत मन्तव्यसँगै सुरु भएको अभिमुखीकरण तालिमको सञ्चालन भने नगरपालिका स्वास्थ्य संयोजक ढाल बहादुर जिसीले गरेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D