जिल्ला समाचार

गुल्मीमा अपांगता भएका ब्यक्तीलाई ह्विलचियर, चर्म रोग स्वास्थ्य शिविर सम्पन्न

टोपलाल अर्याल
गुल्मी, १४ माघ । इस्मा गाउँपालिकाको आयोजनामा चर्म रोग स्वास्थ्य शिविर सम्पन्न भएको छ । ६६ औ कुष्ठरोग दिवसको अवसरमा अम्मरपुर स्वास्थ्यचौकीमा चर्म रोग स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले उदघाटन गरे ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख बिमला खत्री, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत लगायतको उपस्थिति रहेको थियो । शिविरमा एक सय २७ जनाको छालाको परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य सह-संयोजक गोकर्ण थापाले जानकारी दिए । जिल्ला अस्पताल तम्घासका डाक्टर बिशाल पन्थी, क्षय तथा कुष्ठरोग सुपरभाइजर शिशिर सिलवाल लगायतको टोलिले स्वास्थ्य परिक्षण गरेको थापाले जानकारी दिए ।

साथै शिविरमा कुष्ठरोगबाट अपांगता भएका दुई जनालाई ह्विलचियर, पाँच जनालाई बैशाखी, १९ जना जुत्ता र चश्मा वितरण गरिएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । गाउँपालिकाले भर्खरै स्वास्थ्यचौकीहरुलाई अक्सिजन, स्टिचर तथा अन्य उपयोगी स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।

इस्मा रजस्थल स्वास्थ्यचौकी र अम्मरपुर स्वास्थ्यचौकीमा ल्याब सेवा संचालन गरिएको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D