gulminews logo
सोमबार, २०७९ श्रावण २३

गुल्मी हुँदै बुटवल जाँदै गरेको बस पाल्पामा दुर्घटना: ६ जनाको मृत्यु, १६ घाइते

यो पनि पढ्नुस्: पाल्पा बस दुर्घटना अपडेटः घाइतेको परिचय खुल्यो (पुरा बिवरण सहित)

गुल्मी, साउन ०८ । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ रिब्दीकोटमा आइतबार अपराह्न भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । गुल्मीहुँदै बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट २ मा दुर्घटना हुँदा ३ महिला, ३ पुरूष गरी ६ जनाको मृत्यु भएको घटनास्थल रहेका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

मृतकको सनाखत भएको छैन । उनका अनुसार मृतकको संख्या बढ्न सक्ने देखिएको छ । प्रहरी र स्थानीयले उद्धार गरिरहेको उनले बताए । घटनास्थलमा पाल्पाको अर्गली र हार्थोक प्रहरी चौकीबाट प्रहरी पुगेको छ ।

घटनास्थलमा रहेका घाइतेका अनुसार अर्को बसलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको थियो । -ईकान्तिपुर डट कमबाट

यो पनि पढ्नुस्

गुल्मीमा कोभिड खोप अभियान, ५ देखि ११ बर्षका करिव ३५ हजार बालबालिकाले खोप लगाउँदै

टोपलाल अर्यालगुल्मी, १९ साउन । गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D