gulminews logo
सोमबार, २०७९ श्रावण २३

गुल्मीबाट प्रधानमन्त्रीलाई पेट्रोल र तेल उपहार

टोपलाल अर्याल
गुल्मी, १५ असार । नेकपा एमाले निकट विभिन्न जनबर्गिय संगठनहरुले गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल मार्फत प्रधानमन्त्रीलाई मुल्यबृद्धि गरे बापत उपहार स्वरुप पेट्रोल र तेल पठाएका छन् । उनीहरुले सरकारको नालायकी र स्थानीय प्रशासनको गैरजिम्मेवार भूमिकाका कारण जिल्लामा पेटोलियम पदार्थको कृतिम अभाव र कालोबजारी भएको आरोप लगाएका छन् ।

बुधबार सांकेतिक रुपमा पेट्रोल, खाने तेल र ६ बुदे मागसहितको ध्यानाकर्षण पत्र बुझाइएको युवा संघ नेपाल गुल्मीका अध्यक्ष सुरेश भण्डारीले जानकारी दिए । अनेरास्ववियु, राष्टिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ र अखिल नेपाल किसान महासंघ गुल्मीले संयुक्त रुपमा बुझाएको ध्यानाकर्षण पत्रमा गुल्मी जिल्लामा पेटोलियम पदार्थको कृतिम अभाव र कालोबजारी भई जनताले सास्ती व्यहोर्नु परेको, असार १५ सम्म कृषकले मन नपाउने र कालोबजार हुँदा पनि स्थानीय प्रशासन मौन रहनु दुर्भाग्यपूर्ण रहेको बताएको छ ।

त्यस्तै वर्षातको समयमा गुल्मी जिल्लाका यातायातमा मनपरी चर्को भाडा असुल्ने कार्य तत्काल रोक्न र इन्धनको मूल्य घटेको सन्दर्भमा भाडा घटाउन माग गरिएको छ । गुल्मी जिल्लामा विद्युतको अनियमितताका कारण जनता आजित भएका छन । गाउँगाउँमा विद्युत नियमित बनाउने व्यवस्था मिलाउन, जिल्ला प्रशासन कार्यालय, गुल्मी लगायतका सेवा प्रवाह गर्ने कार्यालयमा भएको लामो लाइन बस्नु पर्ने, टाढाबाट आएका सेवाग्राही धेरैदिन वस्नु पर्ने अवस्थाको अन्त्य गर्न जोडदार माग गरिएको अनेरास्वावियूका अध्यक्ष बिमल छन्तेलले बताए ।

जिल्ला अस्पतालमा विरामीको चाप बढेको छ । तर, डाक्टरको अभाव भएकोले दरबन्दी बमोजिमका डाक्टर लगायतका स्वास्थ्य जनशक्ति व्यवस्था मिलाउनका लागि सरकारको ध्यानाकर्षण गराइएको छन्तेलले जानकारी दिए । चार संगठनले आफुहरुका सवै माग तत्काल पूरा नभए कडा संघर्षका कार्यक्रम संचालन गर्ने चेतावनी समेत दिएका छन् ।

यो पनि पढ्नुस्

तम्घासको सडक स्तरोन्नती गर्ने काम अधुरै, बजेटमा जस लिनेको होटबाजी, कार्यान्वयमा वेवास्ता

हुमाकान्त पोखरेलगुल्मी, १५ साउन । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकोले डेढ बर्षअघि मर्मत

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D