जिल्ला समाचार

गुल्मीबाट प्रत्येक बर्ष एसइईका परिक्षार्थीको संख्या घट्दै

टोपलाल अर्याल
गुल्मी, ७ चैत्र । यस वर्ष गुल्मी जिल्लाबाट चार हजार ९ सय ६५ जना बिद्यार्थीले माध्यामिक शिक्षा परिक्षा (एसइई) दिदैछन् । नियममित तर्फ चार हजार ८ सय एक जनाले साधारण र ९६ जना प्राविधिक धारको परिक्षामा सहभागीता जनाउने जिल्ला शिक्षा कार्यालय गुल्मीका जिल्ला शिक्षा अधिकारी टीकाराम शर्माले जानकारी दिए ।

त्यस्तै एक्जाम्टेड ६५ जनाले परिक्षामा भाग लिने शर्माले बताए । साथै यस बर्ष प्राविधिक बिषयमा अध्ययन हुने जिल्लाका तीन वटा बिद्यालयका ४९ जना बिद्यार्थीले परिक्षा दिने भएका छन् । सिभिल इन्जिनियरिङ्ग बिषयमा अध्ययन हुने जनज्योति मावि रिमुवा र रेसुङ्गा मावि तम्घास तथा कृषी बिज्ञानमा अध्ययन हुने उदय मावि शान्तिपुरबाट ९६ जनाले माध्यामिक शिक्षा परिक्षा २०७४ दिदैँछन् । यो बर्ष नेपालका ७७ जिल्लाको एक हजार नौ सय ५६ परिक्षा केन्द्रबाट चार लाख ८५ हजार पाँच सय ८६ जनाले (एसइई) परिक्षा दिने जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ ।

प्रत्येक बर्ष परिक्षार्थी घटदै
गुल्मीमा तीन बर्षको तथ्याङ्क हेर्दा माद्यामिक परिक्षा दिने परिक्षार्थीको संख्या घटदै गएको छ । ०७२ सालमा गुल्मीबाट कुल छ हजार पाँच सय एक बिद्यार्थीले प्रवेशिका परिक्षा दिएका थिए । भने ०७३ सालमा गुल्मीबाट पाँच हजार तीन सय ३७ जना बिद्यार्थीले माध्यामिक परिक्षा दिए । ०७२ सालको तुलनामा ०७३ सालमा एक हजार एक सय ६४ बिद्यार्थी कम रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क रहेको छ । भने ०७४ सालमा पनि गत बर्षको तुलनामा तीन सय ७२ बिद्यार्थी कम छन् । यस गुल्मीबाट चार हजार नौ सय ६५ जनाले परिक्षा दिने जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ ।

८८ जना बिद्यार्थी एसइईका लागि अयोग्य
यस वर्ष गुल्मी जिल्लाबाट ८८ जना बिद्यार्थी माध्यामिक शिक्षा परिक्षा (एसइई) का लागि अयोग्य भएका छन् । भने गत बर्ष एक सय १७ जना बिद्यार्थी अयोग्य भएका थिए । ०७२ सालमा ९२ जना बिद्यार्थीले परिक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क छ । अहिले सवैभन्दा बढि सुर्योदय मावि जुभुङ्गबाट ६ जना बिद्यार्थी अयोग्य ठहरिएको बिद्यालय निरिक्षक बिष्णु प्रसाद ज्ञवालीले बताए । त्यस्तै नेपाल राष्ट्रिय सर्वोदय मावि पौदी अमराईबाट चार जनाले परिक्षा दिन पाउँने छैनन् । ७५ प्रतिशत हाजिर नपुगेका तथा विभिन्न कारणले बिद्यालय छोडेका बिद्यार्थी परिक्षा दिनबाट बञ्चित भएको ज्ञवालीले बताए ।

८ सय २१ कर्मचारी र सुरक्षाकर्मी परिचालन
यस वर्षको माध्यामिक शिक्षा परिक्षा (एसइई) व्यावस्थापनको लागि आठ सय २१ कर्मचारी तथा सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्लाका विभिन्न स्थान २७ परिक्षा केन्द्र तोकिएको छ । केन्द्रलाई गत बर्षकै निरन्तरता दिइएको छ । सुरक्षाको स्थितीलाई ध्यान दिँदै प्रहरी चौकी भएको ठाउँमा परिक्षा केन्द्र संचालन गरिएको बिद्यालय निरिक्षक झविलाल विकले बताए । जसका लागि २७ जना केन्द्राध्याक्ष, २८ सहायक केन्द्राध्याक्ष र दुई सय १७ निरिक्षक परिचालन भएका छन् । भने सहायक कर्मचारी एक सय १४ जना छन् । त्यस्तै चार सय ५० सुरक्षाकर्मी र ३० जना अनुगमनकर्ता तोकिएको विकले बताए ।

परिक्षाको सवै तयारी पुरा
जिल्ला शिक्षा कार्यालय गुल्मीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी ८ चैत्रबाट संचालन हुने माध्यामिक परिक्षा (एसइई) को तयारी सवै पुरा भएको जनाएको छ । कार्यालयका अनुसार परिक्षा केन्द्र र केन्द्राध्यक्ष तोकेर परिक्षाका लागि आवश्यक सवै सामाग्री सम्बन्धित ठाउँ सम्म पु¥याइएको छ । साथै सवै केन्द्राध्यक्ष र स्रोत व्यक्तिहरुलाई केन्द्रको १७ र परिक्षा समन्वय समितिले तयार गरेको २७ वुँदे परिक्षा आचारसंहिताको बारेमा जानकारी गराएर परिक्षा केन्द्र पठाएको जिल्ला शिक्षा अधिकारी टीकाराम शर्माले बताए ।

त्यस्तै परिक्षालाई प्रभावकारी बनाउन अनुगमन टोली पनि तयार गरिएको कार्यालयले जनाएको छ । शिक्षा समितिका पदाधिकारी, परिक्षा समन्वय समितिका पदाधिकारी, शिक्षासंग सम्बन्धित विभिन्न पेशागत संगठन, जिल्ला शिक्षा कार्यालयका कर्मचारी, बिद्यालय निरिक्षक,स्रोत व्यक्ति लगायतको अगुगमन टोली बनाइएको कार्यालयले जनाएको छ । साथै आवश्यक परेको खण्डमा मोवाइल टोली समेत परिचालन हुने उनले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D