gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

गुल्मीबाट चार केन्द्रीय नेताले मतदान गरे

अनिल खत्री
गुल्मी, बैशाख ३० । स्थानीय तहको निर्वाचनमा गुल्मी जिल्लाबाट ४ जना केन्द्रीय नेता मतदान गरेका छन् । केन्द्रीय नेताहरु नेकपा एमाले उप–महासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, नेपाली कांग्रेस नेता चन्द्र भण्डारी र एकीकृत समाजवादी सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्री जिल्लाका अलग–अलग गाउँपालिकाबाट मतदान गरेका हुन् ।

उपमहासचिव प्रदीप ज्ञवालीले रूरू गाउँपालिका–५ को बम्घा निमावि मतदान केन्द्रबाट मतदान गरेका छन् । एमाले सचिव गोकर्ण विष्टले इस्मा गाउँपालिका–४ को दोहोलीको रामराज्य मावि मतदान केन्द्रबाट मतदान गरेको नेकपा एमाले गुल्मीले जनाएको छ । त्यस्तै, नेपाली कांग्रेसका केन्द्रीय नेता चन्द्र भण्डारीले छत्रकोट गाउँपालिका–१ को जनजागृति मावि हुँगाबाट मतदान गरेको नेपाली कांग्रेस गुल्मीले जनाएको छ । एकीकृत समाजवादी सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मदाने गाउँपालिका–४ म्यालपोखरी माविको मतदान केन्द्रबाट मतदानमा सहभागी भएको एकीकृत समाजवादी गुल्मी जिल्ला नेता नरेश भण्डारीले बताउनुभयो ।

मतदानका लागि केन्द्रीय नेताहरू आ–आफ्नो मतदान केन्द्रमा पुगेका छन् । नेताहरु केही दिनअघि जिल्लामै विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका थिए । जिल्लामा ९३ वडामा १ सय ४२ मतदानस्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको रहेका छन् । गुल्मीमा ४ सय ८९ जना जनप्रतिनिधीहरुका लागि १ हजार २ सय ४३ जना चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनका लागि जिल्लामा २ लाख २४ हजार २ सय ७६ जना मतदाता रहेका छन् ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D