जिल्ला समाचार

गुल्मीबाट एसइईमा २८ जना परीक्षा दिनबाट बञ्चित

अनिल खत्री
३ चैत, गुल्मी । गुल्मी जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) दिनबाट २८ जना विद्यार्थी बञिचत भएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाई प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए । जसमा छात्रा १८ जना र छात्र १० जना रहेको इकाइ प्रमुख ज्ञवालीले बताए ।

७० प्रतिशत हाजिरी नपुगेका तथा आवेदन फाराम भरेका तर विभिन्न कारणले बिद्यालय आउन नसकेका बिद्यार्थीहरु परिक्षा दिनबाट बञ्चित भएका हुन् । वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई)मा ४ हजार ७ सय ७ विद्यार्थी सहभागी हुने भएका छन् ।

आगामी चैत्र ६ गते देखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परिक्षा (एसईई)मा जिल्लाका १ सय ४५ वटा विद्यालका विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए । उनले छात्रा २ हजार ५ सय १५ जना र छात्र २ हजार १ सय ९२ जना परिक्षामा सहभागी हुने बताए ।

नियमिततर्फ ४ हजार ६ सय २८ जसमा छात्रा २ हजार ४ सय ८४ र छात्र २ हजार १ सय ४४ जना सहभागी हुनेछन् । त्यस्तै आंशिक तथा ग्रेड वृद्धि समूहतर्फ ७९ जना जसमा छात्रा ३१ जना र छात्र ४८ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले जनाएको छ ।

चैत्र १७ गतेसम्म सञ्चालन हुने यस वर्षको माध्यामिक शिक्षा परिक्षा (एसईई)मा सधारणतर्फ ४ हजार ४ सय ७४ जसमा छात्रा २ हजार ४ सय ८ र छात्र २ हजार ६६ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका शाखा अधिकृत महेन्द्र सुवेदीले बताए । जिल्लामा अहिले १६ वटा विद्यालयमा प्राविधिक शिक्षा संचालनमा आएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्राविधिक सहायक अमृत पौडेलले जानकारी दिए ।

उनका अनुसार यस वर्षको एसईईमा ६ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन् । जसमा रेसुङ्गा मावी तम्घास, उदय मावी शान्तिपुर, पाञ्चायन मावी जैसिथोक, जनज्योति मावी रिमुवा, हिमालय मावी हस्तिचौर, जनबोध मावी रानीबासका १ सय ५१ जना विद्यार्थी परिक्षामा सहभागी हुने भएका छन् ।

छात्रा ७३ जना र छात्र ७८ जना सहभागी हुने । रेसुङ्गा मावी तम्घास र जनज्योति मावी रिमुवाबाट सिभिल इन्जिनियरिङ र अन्य ४ वटा विद्यालयबाट बालीबिज्ञान अध्ययन गरेका परिक्षार्थीहरु सहभागी हुने प्राविधिक सहायक पौडेलले बताए । जिल्लाको एक जना छात्र विद्यार्थी काठमान्डौ कारगारबाट परिक्षामा सहभागी हुने इकाइ प्रमुख ज्ञवालीले जानकारी दिए ।

२६ वटा परिक्षा केन्द्र

आगामी चैत्र ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसईई)को तिव्र रुपमा तयारी भैरहेको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए । उनका अनुसार यस वर्षको परिक्षालाई व्यवस्थित र मर्या्दित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा २६ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ ।

जुन विद्यालयमा परिक्षा केन्द्र तोकिएको छ, त्यो विद्यालयको प्रधानाध्यापक नै स्वत त्यहाँको केन्द्राध्यक्ष हुने व्यवस्था भएको इकाइ प्रमुख ज्ञवालीले बताए । अहिले परिक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याउने काम भईरहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D