जिल्ला समाचार

गुल्मीन्युज सहयोगी अर्याल सहित गुल्मीका चार युवा पुरस्कृत

गुल्मी । जिल्ला युवा समितिले युवा प्रतिभा तथा उमद्यीको खोजी कार्यक्रम अन्तर्गत ‘संचार र पत्रकारिता’ विधाको पुरस्कारबाट गुल्मीन्युज सहयोगी टोपलाल अर्याल पुरस्कृत भएका छन ।

समितिले युवा प्रतिभा तथा उमद्यीको खोजी कार्यक्रम अन्र्तगत गुल्मी जिल्लाका चार वटा छुट्टाछुट्टै विधाका चार जना युवाहरुलाई सम्मान गरेको हो ।

पत्रकार अर्याललाई जिल्लामा क्रियाशिल संचारकर्मी तथा पत्रकार मध्येबाट युवाको क्षेत्रमा कलम चलाए बापत पुरस्कृत गरिएको समितिले जनाएको छ । त्यस्तै खेलकुदको क्षेत्रका दुई जना युवा सम्मानित भएका छन् ।

राष्ट्रिय स्तरका आठ र अन्तराष्ट्रिय स्तरका दुई स्वर्ण पदक जित्ने रुरु गाउँपालिका रिडीका विकल पौडेल सम्मानित भएका छन् । उनी आइटिएफ तेक्वान्दो खेलाडी हुन् । अर्का फुटवल खेलाडी रेसुङ्गा नगरपालिका ७ का बोम बहादुर भुजेललाई पनि जिल्ला युवा समितिले पुरस्कृत तथा सम्मानित गरेको छ ।

त्यस्तै स्वास्थ्य र सामुदायिक सेवामा मदाने गाउँपालिकाको बाँझकटेरीका बिष्णु भुसाललाई सम्मान गरिएको समतिलिे जनाएको छ । भुसालले बाँझकटेरीमा जर्मन नागरिकको सहयोगमा विभिन्न आधुनिक सुविधा सहितको मदाने सामुदायिक स्वास्थ्य केन्द्र संचालन गरेर स्थानीय विपन्न नागरिकलाई सहयोग पु¥याउदै आएका छन ।

रेसुङ्गा नगरपालिकाको नवनिर्वाचित उपमेयर सीता भण्डारीले सवै युवाहरुलाई नगद र सम्मान पत्रद्धारा सम्मान गरेकी थिइन ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D