जिल्ला समाचार

गुल्मीदरबार गाउँपालिका अध्यक्ष थापाको निधन

अनिल खत्री
३१ असार, गुल्मी । गुल्मीदरबार गाउँपालिका अध्यक्ष अशोककुमार थापाको निधन भएको छ । गाउँपालिका अध्यक्ष थापाको बिहीबार विरेन्द्र प्रहरी अस्पतालमा काठमाडौंमा उपचारको क्रममा निधन भएको हो ।

२०७७ फागुन २९ गते स्वास्थ्यमा अकस्मात समस्या आए पछि बुटवल हुँदै काठमाण्डौं लगिएको थियो । ७४ वषिर्य थापा लामो समयदेखि दमको रोगबाट पीडित थिए ।

थापा करिब ४ महिनादेखि अस्पताल भर्ना भएका थिए । उपचार पश्चात गएको असारको १७÷१८ तिर गाउँपालिमा आउने तयारी गरिरहँदा अकस्मात स्वास्थ्यमा समस्या आएपछि पुनः अस्पताल भर्ना गरिएको थियो ।

गाउँपालिका अध्यक्ष थापाको निधनप्रति गाउँपालिकाले दुखः प्रर्कट गरेको छ । सादगी जीवन, नागरिकप्रति उत्तरदायी भई जनताको सेवामा समर्पित हुँदै समृद्ध गाउँपालिका बनाउने अभियान अधुरै रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D