जिल्ला समाचार

गुल्मीदरबारको महिलालक्षित कार्यक्रम, गर्भवतीलाई कोसेली, २१ सय महिलालाई तालिम

हुमाकान्त पोखरेल
गुल्मी, २० मंसिर : गलामा माला । हातमा गाउँपालिकाको कोशेली । गुल्मीदरबार गाउँपालिका ३ की बिना खासु खुसि देखिन्छिन् । किनकि उनलाई आफ्नो बच्चालाई पूर्ण स्तनपान गराएबापत गाउँपालिकाले प्रोत्साहनस्वरुप कोशेलि नै दिएर औपचारिक कार्यक्रममै सम्मान ग¥र्यो । उनको छोरा भर्खर छ महिना पुगेर सातमा लाग्यो । त्यहि छोरालाई स्याहार गरेबापत उनले सातवटा अण्डा, आयोडिन नुनको प्याकेट, नुहाउने साबुन र कान सफा गर्ने सामगी्र निशुल्क पाइन् । सोहि ठाउँकै धनमाया घर्तीले पनि बच्चालाई पूर्ण स्तनापान र बच्चाको नियमित तौल लिन्थिन् । उनको छोरा छ महिना पुगेर सातमा लाग्यो । जसको फलस्वरुप उनले गाउँपालिकाको कोशेली पाइन् । ‘बच्चा त हाम्रै लागि हुर्काएको हो, तर गाउँपालिकाले सम्मानसहित कोशेली दियो ।’ उनले भनिन्, ‘छोरा स्याहार्ने थप प्रेरणा मिलेको छ ।’

गुल्मीदरबार गाउँपालिकाले घर्ती र खासुसहित छ महिनाका तीन जना आमाहरुलाई बुधबार औपचारिक कार्यक्रममा सम्मान सहित कोशेली प्रदान ग¥र्यो । जन्मेको छ महिनासम्म बच्चालाई आमाको दुध मात्र खुवाउनुपर्छ । सातौ महिनाबाट दुई बर्षसम्म अन्य पौष्टिक आहारका साथसाथै आमाको दुध खुवाउनुपर्छ । त्यसै अवस्थालाई लक्षित गर्दै आमालाई मासिक एउटा गरी सातौ महिनामा सातवटा तथा बच्चालाई सातौँ महिनाबाट दुई÷दुई वटा अण्डा वितरण गर्ने नीति गाउँपालिकाले लिएको छ । बुधबार गौडाकोटका तीन जना बच्चाका आमालाई कुल २१ वटा अण्डा, तीनओटा आयोडिन नुनको प्याकेट, नुहाउने साबुन तथा कान सफा गर्ने सामग्री प्रदान गरिएको गौडाकोट स्वास्थ्य चौकीका अहेव मधुकृष्ण पोखरेलले जानकारी दिए । त्यस्तै छ महिना पुगेका १० जना बच्चालाई पनि दुई÷दुई वटाका दरले २० वटा अण्डा वितरण गरिएको पोखरेलले जानकारी दिए ।

गाउँपालिकाका दुई बर्षभित्रका बच्चाहरुको मासिक रुपमा तौलि लिइन्छ । अब प्रत्येक महिना तौल लिन आउदा सबै बच्चाका आमाहरुलाई यो उपाहार प्रदान गरिनेछ । बच्चा जन्मेको सात महिनादेखि २३ महिनासम्मको बच्चा तथा आमालाई गाउँपालिकाले उपाहार प्रदान गर्ने स्वास्थ्य संयोजक नारायण प्रसाद अर्यालले जानकारी दिए । यसरी एउटा बच्चले १८ महिनामा ३६ वटा अण्डा गाउँपालिकाको तर्फबाट प्राप्त गर्दछ । अहिले गुल्मी जिल्लामा पूर्ण स्तनपान र नियमित तौल लिन आउने दर ६० प्रतिशत छ । यसै दरलाई सत प्रतिशत पु¥याई गाउँपालिकाका सबै बच्चा र आमालाई स्वस्थ्य बनाउने उदेश्यले गाउँपालिकाले कोशेली दिने नीति ल्याएको स्वास्थ्य संयोजक अर्यालले बताए । ‘बच्चाको शारीरिक र मानसिक विकास दुई बर्षभित्र ८० प्रतिशत भइसक्छ ।’ उनले भने, ‘यो अवधिमा बच्चा र आमालाई स्वस्थ्य राख्नु गाउँपालिकाको दायित्व हो ।’

२१ सय महिलालाई पुर्नजातकि तालिम

अहिले महिला हिसां विरुद्धको १६ दिने अभियान चलिरहेको छ । यसै अभियानसँग मेल खानेगरी गुल्मीदरबार गाउँपालिकाले गाउँपालिकाका सुनौला हजार दिनका आमाहरुलाई पुर्नताजकि तालिम दिएको छ । गाउँपालिकाका सातवटै वडाका ८३ महिला स्वास्थ्य समुहमा आवद्ध दुई हजार ८५ महिलाहरुलाई पुर्नताजकी तालिम दिएको हो । जसमा बच्चालाई पूर्ण स्तनपान, स्याहार, नियमित तौल, स्वास्थ्य–संस्थामा जाँच लगायतका विषयमा जानकारी गराइएको छ । वडा नम्बर १ का १० समुहका २५५ जना, वडा नम्बर २ का १९ समुहका २८६ जना, वडा नम्बर ३ का १० समुहका ३०३ जनालाई तालिम दिइएको गाउँपालिकाले जनाएको छ । त्यस्तै वडा नम्बर ४ का १३ समुहका २०७ जना, वडा नम्बर ५ का नौ समुहका २१७, वडा नम्बर ६ का १० समुहका ३३५ जना तथा वडा नम्बर ७ का १२ समुहका ४८२ जनालाई तालिम दिइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेक बहादुर बस्नेतले जानकारी दिए ।

प्रज्वनन् स्वास्थ्य शिविरबाट १४ सय महिला लाभाम्बित

गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाले आफुहरु निर्वाचित भएर आएपछि महिला र बालबालिकाको क्षेत्रमा धेरै परिणाम देखिने खालका काम गर्न खोजेको बताए । गत बर्ष मात्रै गाउँपालिकाले सबै वडामा महिलाहरुलाई लक्षित गर्दै प्रज्वनन् स्वास्थ्य शिविर सातवटै वडामा सम्पन्न गरेको उनले बताए । जसबाट गाउँपालिकाका एक हजार ३७० महिला लाभाम्बित भएका थिए ।

घरघरमा सेनेटरी प्याड

गाउँपालिकाले यसै आर्थिक बर्षबाट महिलाहरुलाई घर–घरमै सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिका उपाध्यक्ष मिना भण्डारीले जानकारी दिइन् । ‘महिलाहरुले पिडा व्यक्त गर्न सक्दैनन्, उनीहरुको मनोविज्ञान हामिले बुझ्नुपर्छ ।’ उनले भनिन्, ‘घरघरमै सेनेटरी प्याड उपलब्ध गराउने गाउँपालिकाको योजना छ ।’ त्यसका साथै बालरोग व्यवस्थापन, मातृ तथा नवशिशु स्वास्थ्य, परवार नियोजक, वैवाहिक उमेर, खोप, पोषण लगायतका क्षेत्रमा पनि तालिम र गोष्ठिमार्फत काम गर्ने उनले बताइन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D