gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

गुल्मीको सिर्सेनीमा एकिकृत बस्ती हस्तान्तरण, स्थानीयलाई घरसंगै बारीको चिन्ता

गुल्मी, २६ फागुन

गुल्मीका मदाने गाउँपालिका ३ सिर्सेनीकी माया विश्वकर्मा घर प्राप्त गरेपछि निकै खुसी भइन् । किनकी अब बर्षातमाा स्कुल खोज्ने र पाल टागेर बस्नुपर्ने स्थितिको अन्त्य भएको छ । त्यस्तै निर्मला सुनारको घर पनि पहिरोले जोखिमपूर्ण छ । अहिले पुरानो बस्तीमा चार÷पाँच पाथी मकै र कोदो उत्पादन हुने बारी छ । अहिलेसम्म पुरानो ठाउँमै छन् । तर, गाउँपालिकाले दिएको घर लिपपोत गरेर चिटिक्क पारेकी छन । केही दिनमा सबै सामान नयाँ घरमा ल्याएर स्थायी बसोबासको योजनामा सुनार रहकी छन । भौगोलिक समस्याका कारण पुरानो बस्ती र एकीकृत बस्ती नजिक छैन । दिनभर पुरानो ठाउँमा काम गर्ने र बास बस्न मात्रै नयाँ घरमा आउने निर्मलाले बताइन् । सोहि गाउँकै सुन्तली सुनारले पनि नयाँ घर पाइन । तर, एकीकृत बस्ती र पुरानो घर फरक ठाउँमा भएकाले आफुहरु नैतिक संकटमा परेको गुनासो गरिन । पुरानो बस्ती कम्जोर भएपनि घरगोठ र सानो बारी छ ।

बाख्रा भैसी पालेका छन् । तर, नयाँ बस्तीमा घर मात्रै छ । त्यसैले एकिकृत बस्तीमा फर्किन स्थानीयलाई मुस्किल परिरहेको छ । ‘पुरानो ठाउँमा सुबिधा भएपनि घर बलियो थिएन,’उनले भनिन,‘एकीकृत बस्तीमा बलियो बन्यो । तर, सुबिधा छैन ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले सुरुको आवश्यकता घर भएकाले बिस्तारै अरु बिकल्पको खोजि हुने बताए । अब एकिकृत बस्तीको संरक्षण र उपयोगको दायित्व समुदायमा भएकाले सरकारी संरचनाको रुपमा दुरुपयोग नगर्न आग्रह गरे ।

ओतपछिका बिकल्प खोज्छौ

गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीमा बिपन्न १७ परिवारले नयाँ घर पाएका छन् । सालझण्डी–ढोरपाटन सडक र ०७२ सालको भुकम्पका कारण १७ घर पहिराले बिस्थापित भएका थिए । बिस्थापित परिवार बर्षातमा बिद्यालय र त्रिपालको ओत खोज्नुपर्ने अवस्थामा थिए । स्थानीय तहको निर्वाचनपछि मदाने गाउँपालिकाले आर्थिक बर्ष ०७५÷०७६ मा १५ लाख बिनियोजन गरेर आफैनै नाममा जग्गा प्राप्त गरेर एकिकृत बस्ती निर्माण काम सुरु गरेको थियो । गाउँपालिकाले ९९ लाख ४१ हजारको लागतमा बस्ती निर्माण गरिएको छ । एकिकृत बस्तीमा निर्माण भएका घरहरु पुर्व मन्त्री तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण बिष्टले लाभाम्बित परिवारलाई हस्तान्तरण गरे । सोहि क्रममा बोल्दै बिष्टले ठुलो पानी परेको बेला गाउँबाट फोनमा आफुसंग गुहार मागेको स्मरण गर्दै सामाजिक न्यायको क्षेत्रमा गाउँपालिकाले गरेको कामको प्रसंसा गरे । उनले मान्छेका आवश्यकताहरु बढ्दै जाने भएकाले बिकल्पहरुको पनि खोजि गरिने बताए ।

बर्षातमा पहिलो आवश्यकता ज्यान जोगाउन ओत आवश्यक भएकाले अब रोजगारीका अवसरहरुका विकल्प सुरु हुने भएकाले ढुक्क भएर एकिकृत बस्तीमा फर्किन स्थानीयलाई आग्रह गरे । नेकपा एमाले गुल्मीका इन्चार्ज दिनेश पन्थीले जिल्लामा तीन वटै सरकार मार्फत भौतिक तथा आर्थिक सामाजिक क्षेत्रको विकासमा थुप्रै काम भएपनि नागरिकमा निराशा बढिरहेको प्रतिक्रिया दिए । उनले सिमित श्रोत साधन र जनशक्तिका बिच स्थानीय तहले गरेका कामको प्रसंसा गर्दै आवश्यकताको प्राथमिकीकरण गरेर विकासका काम अगाडी बढ्ने बताए । कोभिडको कारण समयमै बस्ती हस्तान्तरणको काम भएको थिएन् । गाउँपालिकाले जग्गा खरिदसहित दुई कोठे घर, शौचालय, निशुल्क मिटरबक्स र धाराहरु निर्माण गरेर १७ घरलाई हस्तान्तरण गरेको गाउँपालिका प्रमुख दान बहादुर केसीले जानकारी दिए । केसीले स्थानीय तहमा शिक्षक कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ताको कारण देखिने ठुलो बजेटका कारण नागरिकमा आशा बढि देखिएको बताए । उनले ५०÷६० करोड बजेटमा मुस्किलले मात्रै १२÷१३ करोड मात्रै विकास निर्माणमा खर्च गरेर स्थानीयका असिमित आवश्यकता पुरा गर्न नसकिने प्रतिक्रिया दिए ।

सिर्सेनी मै ३० घर निर्माण हुँदै

मदाने गाउँपालिका वडा न ३ सिर्सेनीमै ३० घरको लागि एकीकृत बस्ती निर्माणको काम भैरहेको छ । सिर्सेनीको खन्युखर्कमा १९, सिममा दुई र काफलपाटामा नौ गरेर ३० घर निर्माण निर्माण भैरहेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत एकीकृत बस्ती निर्माणको काम भएको छ । उनीहरुले जग्गा खरिदका लागि प्रति घर दुई लाख, प्रति घर निमार्णका लागि तीन लाख र बस्तीको पुर्वाधार बिकास कार्यक्रम अन्तरगत प्रतिघर चार लाख रुपैयाँ खर्च भएको छ । अहिलेसम्म दुई करोड ७० लाख खर्च भएको वडाअध्यक्ष नारायण घर्तिले जानकारी दिए ।

गाउँपालिकाले एकिकृत बस्ती निर्माणसंगै सवै घर खरका छाना मुक्तm, एक घर एक धारा, निशुल्क एम्बुलेन्स वितरण लगायतका काम गरिरहेको छ । त्योसंगै सडक बिस्तार, मदाने पर्यटन पुर्वाधार विकास योजना, कृषि पकेट, अनुदान र सवै वडामा बर्थिङ सेन्टर विस्तारका काम भएको गाउँपालिका उपप्रमुख सरिता खड्काले बताइन् ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D