जिल्ला समाचार

गुल्मीको वामीमा पहिलोपटक बजार अनुगमन, म्याद नाघेका अखाद्य बस्तु बरामद

अनिल खत्री
२७ माघ, गुल्मी । गुल्मी जिल्लको मुसिकोट नगरपालीका वडा नम्बर ७ वामीटक्सार बजारमा बजार अनुगमन गरिएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाको निर्देशनमा वामीटक्सार बजारमा खाद्य, गुणस्तर अनुमन पहिलोपटक गरिएको हो ।

२२ पसरलमा अनुगमनका क्रममा २१ किलो सुजी, कोकाकोला ३ कार्टुन, शोफ आधा किलो, रामदेवको पतन्जलीको घिउ, चक्की आटा लगायतका म्याद नाघेका अखाद्य बस्तु बरामद गरिएको छ । यस्तै अनुगमनको क्रममा मुल्यसुचि नराखेको, दर्तागरे अनुसारको व्यापार नगरेको पाइएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरवहाका अधिकृत राजकुमार घिमिरे बताए ।

केही साम्रागीहरु कम्पनीलाई नै फिर्ता पठाउने तथा केही बरामद सामाग्रीलाई वामी प्रहरीले नष्ट गर्ने गरि जिम्मा दिईएको छ । बजारमा हुने कालो बजारी र म्याद गएका सामाग्रीहरुको अनुगमन हुने गर्दछ । जिल्ला सदरमुकाममा मात्रै गरिदै आएको बजार अनुगमन सदरमुकाम बाहिरका ग्रामीण बजारहरुमा पनि गर्न थालिएको छ । बजार अनुगमनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देहनालय भैरवहाका अधिकृत राजकुमार घिमिरे,जिल्ला प्रसाशन कार्यालयबाट नेत्रप्रसाद पन्थी, घरेलुबाट रबिलाल केसि,उद्यमी सहजबिकास कर्ता त्रिबिक्रम ज्ञवाली रहेका थिए ।

त्यस्तै उद्योग वाणिज्य सघ गुल्मीका रामप्रसाद पन्थी, मुसिकोट नगरपालीका उद्योग वाणिज्य शाखाका सुदर्शन शाक्य, जिल्ला उपभोक्ता हित संरक्षण मन्चका प्रमुख युवराज भण्डारी लगायत पत्रकारहरुको सहभागीतामा अनुगमन गरिएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D