टोपलाल अर्याल
गुल्मी, जेठ १७ । गुल्मीको धुर्कोट गाउँपालिका ७ वाग्लामा एक बालिका मृत अबस्थामा फेला परेकी छ्न् । अन्दाजी ११ वर्षकी बालिका सडेको अबस्थामा बुधबार स्थानीयले ढोडको पहिरोमा फेला पारेको पुर्कोट ईलाका प्रहरी कार्यालयका सई अशोक श्रीवास्तबले बताए।
प्रहरीका अनुसार बालिकाको टाउकोमा चोट लागेको छ । शव नग्न अवस्थामा रहेको छ । बालिकाको शवलार्इ राति नै सदरमुकाम तम्घास ल्याएर पहिचान गर्ने प्रयास भएपनी कुहिएकाले पहिचानमा समस्या भएको जिल्ला प्रहरी कार्यालयका असई सत्यनारायण यादवले बताए ।
घटनास्थल वरपरका सबैलार्इ खबर गरेपनी कसैले शवको पहिचान नभएको स्थानीय कृष्ण घिमिरेले बताए ।