जिल्ला समाचार

गुल्मीको रेसुङ्गा नगरमा एक साता देखि बिद्युत बन्द

अनिल खत्री
११ फागुन गुल्मी । बिद्युत सेवा अनिमियमित हुँदा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं ६ का स्थानीय बासी अध्यारोमा बस्न बाध्य भएका छन् । लामो समय सम्म बिद्युत सेवा सुचारु हुँन नसकेपछी स्थानिय वासी कुटानी पिसानीसँगै मोबाइल फोन चार्ज गर्न नपाउँदा सेवा समेत बन्द भएपछी सञ्चार क्षेत्रबाट समेत बञ्चित भएका छन् ।
रेसुङ्गा नगरपालिका वडा नं ६ को नेटाखर्कमा रहेको ट्रान्सर्फमरमा समस्या आएपछि अन्धकारमा बस्नु बाध्य भएका हुन् । फेरेको ट्रान्सर्फमर पुनः समस्या भएपछी एक साता देखि बिद्युत बन्द भएको हो ।
केही समय अगाडी सोही ट्रान्सफर्मर जलेपछि करिब २० दिन सम्म बिद्युत बन्द भएको थियो । स्थानियले पटक पटक बिद्युतिय समस्या आएसँगै दिर्घकालिन समाधान खोजिदिन् आग्रह गरेका छन् । कम क्षमताको ट्रान्सफर्मरको कारण समस्या आएको भन्दै बुटवलबाट नयाँ ट्रान्सर्फमर ल्याई जडान गरिएको एक महिना नबित्दै पुनः समस्या आएको हो ।
रेसुङ्गा नगरपालिका वडा नं ६ साविकको अर्खले गा.वि.स वडा नं १ वडा नं २ र अर्घाखाँचीको साविकको मरेङ्ग गा.वि.स वडा नं ९ का स्थानीय उपभोक्तहरु बारम्बार विद्युत अबरुद्ध हुँदा समस्यामा पर्ने गरेका छन् । .
बिद्युत अबरुद्ध भएसँगै साँझको समयमा बत्ती र कुटानीपिसानी मिल फोर्निचर उद्योग,दुग्धडेरी, लगायत विद्युतीय उपकरणबाट सञ्चालन हुँदै आएका व्यवसायहरुलाई समेत असर परेको स्थानिय समाजसेवी गोपाल मरासीनीले बताए । त्यस क्षेत्रका तार तथा पोलहरु व्यवस्थित नहुँदा सामान्य हावाहुरी लाग्दा समेत दुई फेज तारहरु एक आपसमा जोडिएर विद्युत अवरुद्ध हँुने गरेको स्थानियकाृ गुनासो रहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D