जिल्ला समाचार

गुल्मीको रेसुङ्गामा पैदल मार्गमा सिँढी बिच्छाएर चिटिक्क

अनिल खत्री
२३ भदौ, गुल्मी । गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा पैदलमार्ग सिँढी निर्माण भएको छ । यसले रेसुङ्गा क्षेत्रको सुन्दरता थप बढाएको छ ।

जिल्ला सदरमुकाम तम्घासको शिरमा पर्ने रेसुङ्गा क्षेत्रमा धार्मिक महत्वसँगै पर्यटकय स्थल बनाउने उदेश्यले पोखरीदेखि यज्ञशालासम्मको ७ सय मिटर क्षेत्रमा पैदल मार्गमा सिँढी निर्माण गरिएको हो । सदरमुकाम तम्घासबाट करिब ३० मिनेट गाडीको यात्रा पछि रेसुङ्गा क्षेत्रको पोखरीसम्म पुगिन्छ ।

पोखरीबाट रेसुङ्गा क्षेत्रको यज्ञशाला लगायत भ्युटावर लगायत बिभिन्न मन्दिरहरुमा पुग्न पैदल यात्रा गर्नु पर्दछ । त्यस स्थानमा पुग्न झण्डै २० मिनेट पैदल हिड्न पर्दछ । मन्दिर अबलोकनमा पुग्ने श्रदालु भक्तजनहरुको सहजताका लागि पैदल मार्गे निर्माण गरिएको छ ।

रेसुङ्गा क्षेत्रमा गतवर्ष गुल्मी उद्योग वाणिज्य संघले १७ लाखको लागत पदैल मार्गमा सिँढी बनाउन सुरुवात गरेको थियो । तर त्यो लागतले सुरुवात गरेतापनि पुरा गर्न धेरै रकम लाग्ने भएपछि प्रदेश नम्बर ५ को पर्यटन मन्त्रालयबाट १ करोड ८२ लाख ५० हजार लागतमा रेसुङ्गा क्षेत्रमा सिँढी निर्माण गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बताए ।

पैदल मार्गको पोखरी देखि यज्ञशाला ७ सय मिटर सम्म १२ फिटको चौडाईमा तिनवटा रेलिङ्ग राखेर दुई लाइन हिँड्न मिल्ने गरि निर्माण गरिएको छ । यज्ञशाला देखि रेसुङ्गा भ्युटावर लगायतको ३ सय मिटरको क्षेत्रमा ८ फिट चौडाईमा २ वटा रेलिङ्ग राखेर निर्माण कार्य चलिरहेको नगरप्रमुख भुसालले बताए ।

त्यसको लागि पनि प्रदेश सरकारकै आर्थिक सहयोगमा ५० लाखको लागतमा सिँढी निर्माण कार्य चलिरहेको नगरप्रमुख भुसालले बताए । निर्वाचित जनप्रतिनिधी आएपछि रेसुङ्गा क्षेत्रमा धेरै बिकासले गति लिएको नगरप्रमुख भुसालको भनाई छ ।

रेसुङ्गा क्षेत्रमा अन्य संरचना निर्माणमा पनि काम भइरहेको छ । त्यसको लागि पनि तिनतहका सरकारको प्रमुख चासो र सहयोग रहेको नगरप्रमुख भुसालले बताए ।

रेसुङ्गा क्षेत्रमा पैदल मार्गमा सिँढी राखेपछि यस स्थानको सौन्दर्यता बढाएकाले यसले पनि पर्यटकहरु बढाउने भुसालको भनाई छ । बाग्लुङको गल्कोटबाट आकर्षक ढुंगाहरु ल्याएर पैदल मार्गमा सिँढी बनाइएको हो ।

निकै आर्कषक तरिकाले निर्माण गरिएकाले पैदल हिडनेहरुका लागि सजिलो र मनमोहक बनेको छ । रेसुङ्गा क्षेत्रको पोखरीमा स्नान गरेपछि मुख्य मन्दिर लगायत बिभिन्न स्थलको अबलोकनका लागि यज्ञशाला मन्दिर् जाने गर्दछन् ।

धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको आध्यत्मिक महत्व रहेको जनश्रुति छ ।

प्राचिन युगमा धेरै ऋषि महर्षिहरुले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको हो । रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ ।

यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेको छ । रेसुङ्गामा द्वापर युग,त्रेतायुगदेखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ ।

सिद्धभूमि,तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहि आएको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ ।

द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।

रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिने भ्युटावर रहेको छ । यस स्थलमा दैनिक पुजा हुनुका साथै साउन १ गते र साउने औषी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दछ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D