घटना-दुर्घटनाजिल्ला समाचार

गुल्मीको रिडी खोलामा फेला परेको शवको पहिचाहन

अनिल खत्री
७ असार, गुल्मी । गुल्मीको रिडी खोला किनारमा फेला परेको बेवारिसे शवको पहिचाहन भएको छ । मृतक युवा पाल्पा जिल्ला रैनादेवी गाउँपालिका छहरा वडा नम्बर–१ का १४ वर्षिय राजु कुमार रहेको जिल्ला प्रहरी कर्याालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

असार ४ गते घरबाट माछा मार्न भनि हिडेका युवा रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर–१ को रिडी खोलामा बेवारिसे अबस्थामा मृत फेला परेका थिए । हातमा माछा मार्ने जालको रसिसँग फेला परेका युवाको शव पहिचाहनसँगै परिवार जनलाई बुझाइएको प्रहरी निरिक्षक पुनले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D