gulminews logo
मंगलवार, २०७९ श्रावण २४

गुल्मीको पिपलधारा बन्यो प्रदेश नं ५ कै पहिलो खरको छाना रहित गाउँ

प्रेम सुनार
बुटवल, फागुन २६ । गुल्मीका १२ वटा स्थानिय तह मध्ये धुर्कोट गाउँपालिका २ मा रहेको पिपलधारा गाउँ खरको छाना रहित पहिलो गाउँ घोषित भएको छ । पिपलधाराका कुल ७ सय ५० घरधुरी मध्ये करिव ५ प्रतिशत घरधुरी खरका छाना रहेकोमा धुर्कोट गाउँपालिकाले टिनको छानाले घर छाएर सके पछि पिपलधारा प्रदेश ५ मै पहिलो खरको छाना रहित घर घोषणा हुन सफल भएको हो । पिपलधारालाई खरको छाना विस्थापनको घोषणा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र उप–प्रमुख शिबबहादुर खत्रीले गरेका हुन ।

गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले धुर्कोटका कुल ७ वटा वडामा ५ सय घरधुरी खरका छाना रहेको त्यस मध्ये कार्यभार सम्हालेको डेड बर्षको अवधीमा ३ सय २८ धुरीमा खरको छाना विस्थापित गरि टिनको छानाको घर निर्माण भई सकेको जानकारी दिए । बाँकी घर आगमी ६ महिना भित्रमा सक्ने समेत उनले बताए ।

“हामीले यस जिल्लामा मात्र होईन, देशभरमै पहिलो पटक खरको छाना विस्थापित गर्ने घोषणा गरेका थियौं”, अध्यक्ष पोख्रेलले भने, “सोही अनुरुप कार्यान्वयन पनि सबै भन्दा पहिला नै गर्दैछौं, धेरै जसो वडाहरुमा सम्पन्न हुने चरणमा छन् क्रमशः घोषणा गर्दै जानेछौं ।” त्यस वडाका वडाध्यक्ष नविन जिसीका अनुसार नादीका कुमाल समुदाय, केहि दलित समुदायहरु र अन्य केहि घर परिवार समेत अती बिपन्न आर्थिक अवस्थामा छन् ।

त्यस वडाको उदिना गाउँ पुर्ण सरसफाई युक्त गाउँ घोषणा भएको छ । सोही समारोहमा धुर्कोट गाउँपालिका प्रमुख पोखरेल र उपप्रमुख केसीले घोषण गरेका हुन ।पश्चिम नेपाल ग्रामिण खानेपानी तथा स्वच्छता परियोजना धुर्कोटका वास संयोजक छविलाल बिश्वकर्माका अनुसार पुर्ण सरफाई युक्त गाउँपालिका र एक घर एक धारा कार्यक्रमलाई सफल पार्न यस अवधीमा ७ सय ८३ घरधुरीमा एक घर एक धारा पुराईएको छ । त्यस गाउँपालिकाका सरसफाई कार्यक्रमका फोकल पर्सान लालमणि भण्डारी पानीको हाहाकार भोग्दै आएको वडा नम्वर ३ को वर्दवास गाउँका पुरै घरधुरीमा पनि एक घर एक धारा पुराईएको छ ।

यो पनि पढ्नुस्

तम्घासको सडक स्तरोन्नती गर्ने काम अधुरै, बजेटमा जस लिनेको होटबाजी, कार्यान्वयमा वेवास्ता

हुमाकान्त पोखरेलगुल्मी, १५ साउन । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकोले डेढ बर्षअघि मर्मत

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D