जिल्ला समाचार

गुल्मीको पर्यटकिय स्थल टिमुरे ताल क्षेत्रमा बृक्षरोपण सम्पन्न

बिबेक छेत्री
गुल्मी, साउन ०३ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले वृक्षरोपण गरेको छ । चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ मा पर्ने पर्यटयिक स्थल टिमुरे ताल वरिपरी वृक्षारोपण गरिएको छ । शनिबार विभिन्न प्रजातिका पाँच सय भन्दा बदि बिरुवा रोपिएको छ । गाउँपालिकाको नर्सरीमा तयारी गारिएका बिरुवा र वार्ड नं ७ रुपाकोट स्थित सोता सामुदायिक बनबाट प्राप्त बिरुवा रोपन गरिएको हो । हर्रो, बर्रो, टिमुर, धुपी लगायतका बिरुवा रोपिएको छ गाउँपालिकाले जनाएको छ ।

बृक्षरोपण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष द्रोण खत्री, उपाध्यक्ष राधिका अर्याल, प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणि मरासिनी, वडां न ४ का वडा अध्यक्ष भरतलाल थापा, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी, राजनैतिक दल, समाजसेवी लगायतले बृक्षरोपण कार्यक्रममा सहभागिता जनाएका थिए । पर्यटकिय रुपमा बिकास गर्नको लागी गाउँपालिका र संसद बिकास कोष को १५ लाख रुपैँयाको लागतमा तार जाली लगाउने भौतिक पुर्बधार निर्माण गरिएको छ।

टिमुरे ताल गुल्मीकै आकर्षक पर्यटयिक गन्तव्य हो । यो ताल समुन्द्री सतहदेखी १ हजार सात सय पचास मिटर(१७५०मि) उचाई मा पर्दछ । यो ताल झन्डै चार रोपनी क्षत्रफलमा फैलिएको छ भने २ देखि ३ मिटर गहिरो छ । अग्लो डाँडामा पनि बर्ष भरी तालमा पानी रहन्छ । शान्तिपुरबाट ७ कि.मि उकालो गाडीको यात्रा पछि टिमुरेमा पुगिन्छ । पर्यटकलाई थप आकर्षण गर्न पर्यटयिकस्थल टिमुरेमा डुङ्गा संचालन गरिएको छ । पर्यटकिय बिकासका कार्यक्रमहरु दीर्घकालीन संचालनको लागि गाउँपालिकाले काम गरेको गुल्मीन्युजलाई जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D