gulminews logo
बिहीबार, २०७९ भाद्र २

गुल्मीको नयाँ सिडियोमा पौडेल, केही नयाँ गर्ने योजनाका साथ आएको बताए

अनिल खत्री
२२ असार गुल्मी । गुल्मीमा नयाँ प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल आएका छन् । पौडेलले शुक्रवार जिल्ला प्रशासन कार्यालय गुल्मीमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रमसँगै अन्तर्कृया समेत गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी पौडेलले पत्रकारहरुबाट जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिएका थिए । संचारकर्मीसंग कुरा गर्दै प्रजिअ पौडेलले जिल्लामा केहि नयाँ गर्ने योजना बनाएकाले त्यसमा पत्रकारहरुले सहयोग गर्न आग्रह गरे ।

उनले प्रशासनिक कामको सुधारसँगै अरु धेरै कामहरु सुधार ल्याएर सेवा ग्रहीलाई सेवामैत्री बातावरण तयारमा ध्यान दिने बताए । भेटघाटको क्रममा पत्रकारहरुले गुल्मी जिल्ला लोड सेडिङ्गमुक्त जिल्ला भएपनि बेला बेलामा बिद्युत अनियमित हुँदा यहाका सञ्चार माध्यमहरु सञ्चालन गर्न कठिनाई भएको गुनासो गरेका थिए ।

भेटघाटमा पत्रकारहरुले स्थानिय तहले आफै योजना बनाउने आफै अनुगमन गर्ने परिपाटी गरेकाले त्यसमा प्रशासनले ध्यान दिन समेत सुल्झाएका थिए । बजारमा औषधी पसलको अनुगमन पनि नहुने र जथाभावी बिज्ञापन बजाएर बिरामीलाई दुख दिने गरेको प्रति प्रजिअको ध्यानाकर्र्षण गराएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले पत्रकारले उठाएका बिषय बस्तुमा आफनो ध्यान जाने र आगामी दिनहरुमा सुझाव सल्लाह दिन समेत आग्रह गरेका थिए । गएको असार १३ गते यस अघिका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा सेवा निबृत्त भएपछी रिक्त पदमा प्रमुख जिल्ला अधिकारी पौडेल गुल्मी आएका हुन् ।

यो पनि पढ्नुस्

पुर्वप्रधानमन्त्री खनाल, पुर्वमन्त्री झाँक्री लगायत नेकपा एकीकृत समाजवादीका नेताहरु गुल्मी आउँदै

गुल्मी, भदौ ०२ । पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल गुल्मी आउने

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D