जिल्ला समाचार

गुल्मीको नयाँ प्रहरी प्रमुखमा दिपक बस्नेत

अनिल खत्री
२८ साउन, गुल्मी । गुल्मीमा सरुवा भई आएका नयाँ प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले अबैध घरेलु मदिरा निर्मुल पार्ने आफनो मुख्य उदेश्य रहेको बताएका छन् । हालै सरुवा भई गुल्मी आएका बस्नेतले जिल्ला स्थित पत्रकारहरुसँग परिचयात्मक तथा अन्तरक्रियामा उनले घरलु मदिरा निर्मुल पार्ने बताएका हुन् ।

समाजमा अबैध घरलु मदिराले स–साना अपराध देखि जघन्य अपराध सम्म पु¥याउन मुख्य जड मदिरा भएकाले त्यसको निर्मुल र नियमन गरेरै छोडने बताए । मदिराले सामाजिक सुरक्षासँगै अरु क्षेत्रमा नकरात्मक क्रियाकलापहरु निम्त्याउने भएकाले जिल्ला भरबाट अबैध घरेलु मदिरा निर्मुल पार्ने बताए ।

बैध मदिरा बिक्री बितरणमा पनि सरोकारवालासँग छलफल गरेर नियमन गर्न तर्फ आफनो ध्यान दिने समेत बस्नेतले बताए । प्रहरीले स–साना बालवालिकाहरुलाई प्रहरी भनेको शान्ति सुरक्षा कायम गर्ने कर्मचारी हुन भन्ने र साथीत्वको भावना विकास गर्नका लागि स्कुल कार्यक्रम पनि सञ्चालन गर्ने तयारीमा रहेको बताए । बढ्दो साइवर अपराधलाई नियन्त्रण गर्न पनि प्रहरीले अभियान चलाउने उनको भनाई छ ।

सामाजिक अपराध तथा घरेलु हिंसाको प्रमुख कारण घरेलु मदिरा भएकाले त्यसको अन्त्य हुनुपर्नेमा जोड दिए । घरेलु मदिरा सेवन तथा बिक्री बितरणका कढाई साथ निगरानी बढाउने प्रहरी प्रमुख बस्नेतको भनाई छ ।

प्रहरीले सेवा प्रदान गर्ने सवालमा पिडितमैत्री,लैङ्गिकता मैत्री वातावरणमा सेवाप्रवाह गरिने बताए । लागु औषध, बन्यजन्तु तथा मानव ओसार पसार नियन्त्रणमा बिशेष ध्यान दिने समेत उनले बताए ।

लागु औषध र घरेलु हिंसा सम्बन्धी जनचेतना मुलक कार्यक्रमलाई प्रभावकारी ढंगबाट गाउँगाउँमा पु¥याउनको लागि बिशेष कार्यक्रम तय गरिने बस्नेतले बताए । जिल्लाका बिभिन्न स्थानहरुमा बिभिन्न स्कुलका बिद्यार्थीहरु र बिभीन्न गाउँटोलमा अभिभावक, समाजसेवी, आमासमुह लगायतका समुहहरुलाई लागु औषध दुव्र्यसन विरुद्धमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरिने प्रहरी उपरिक्षक बस्नेतले बताए ।

लागु औषधबाट समाजमा हुने नकरात्मक असरहरु र घरेलु हिंसाले परिवार र समाजमा पर्ने प्रभावका विषयमा मुख्य गरि जनचेतना मुलक कार्यक्रमहरु गर्ने बताए । पछिल्लो समय यता युवापिढी लागु औषधमा फसिने र समाजमा बिभिन्न खाले अपराधहरु पनी वढ्ने हुँदा यसको नियन्त्रण गर्नको लागी यस्ता कार्यक्रम आबश्यक रहेको बताए ।
समाजमा धेरै घटनाहरु लागु औषधको दुव्र्यसनी र घरेलु मदिराबाट उत्पन्न हुँने भएकाले यसको नियन्त्रण गर्ने मुख्य उदेश्य रहेको बस्नेतको भनाई छ । प्रहरी प्रमुख बस्नेतसँगै प्रहरी नायव उपरिक्षक रोशन खड्का र प्रहरी निरिक्षक रबिन्द्र खड्का पनि हालै सरुवा भई जिल्लामा आएका हुन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker