गुल्मीको नयाँ प्रहरी प्रमुख खड्का, सबैसँग हातेमालो गरेर अगाडी बढने प्रतिबद्दता

अनिल खत्री
२५ भदौ, गुल्मी । गुल्मीमा सरुवा भई आएका नयाँ प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्रसिंहले पत्रकारसँग भेटघाट सम्पन्न गरेका छन् । प्रहरी उपरिक्षक खड्काले बुधवार जिल्ला सदरमुकाम तम्घास स्थित कार्यालयमा जिल्ला स्थित बिभिन्न सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुसँग परिचयात्मक एवं अन्तक्रिया कार्यक्रम आयोजना गरेका हुन् ।

यस अघिका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतको सरुवा भएर सोमबार मात्रै गुल्मी आएका खड्का सुरुमै जिल्लाका पत्रकारहरुसँग भेट गरेका हुन् । उनले जिल्लाको बारेमा पत्रकारहरुसँग जानकारी लिदै सहकार्य गरेर अगाडी बढ्ने बताएका थिए ।

प्रहरीले सेवा प्रदान गर्ने सवालमा पिडितमैत्री, लैङ्गिकतामैत्री वातावरणमा सेवाप्रवाह गरिने बताए । उनले जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने सवालमा सबैसँग हातेमालो गरेर अगाडी बढने बताए । उनले पत्रकारहरु र प्रहरीको सम्बन्ध नजिक रहेकाले सकरात्मक कदमको लागि सधै सुझाब सल्लाह दिन आग्रह गरे । पत्रकारहरुले प्रहरीले दिनुपर्ने सुचना छिटो छरितो र सहज रुपमा प्रदान गर्न आग्रह गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ