मुख्य हेडलाईन

गुल्मीको झाडापखालाबाट प्रभावित क्षेत्रमा बिश्व स्वास्थ्य संगठनको टोलीले यसो गर्दैछ

अनिल खत्री
गुल्मी, १५ बैशाख । झाडापखला फैलिएको स्थानमा बिश्व स्वस्थ्य संगठनले सचेतना कार्यक्रम गरि रहेका छन् । प्रभावित क्षेत्रमा खानेपानीका कारणबाट भएको हुँदा खानेपानी डिभिजन कार्यालय र बिश्व स्वस्थ्य संगठनको टोलिले पानीको गुणस्तर मापन र शुद्धीकरणको लागि आबश्यक पहल गर्ने भएका छन् ।

यो पनि पढ्नुस्: गुल्मीको झाडापखालाबाट प्रभावित क्षेत्रमा बिश्व स्वास्थ्य संगठनको टोलीले यसो गर्दैछ

सिङ्गो गाउँ नैै प्रभावित बनेपछि काठमाडौंबाट बिशेषज्ञ डक्टर सहित अनुसन्धान गर्न बिश्व स्वास्थ्य सठन (WHO) को समन्वयमा इपिडियोनोलोजि तथा रोग नियन्त्रण महाशाखाबाट टोली गुल्मी आएको छ । टोलीले प्रभावित क्षेत्रमा बिरामीले प्रयोग गरेको पानी र त्यहाको अबस्था बारे स्थलगत अध्यन र परिक्षणाका लागि लैजाने भएको छ ।

बिश्व स्वास्थ्य सठन (WHO) को समन्वयमा इपिडियोनोलोजि तथा रोग नियन्त्रण महाशाखाबाट टोलीले प्रभावित क्षेत्रमा स्थानियलाई राखेर पानी उमालेर प्रयोग गर्न,हात मिचिमिची धुने लगायतका सल्लाह,सुझाव दिई विरामी सङ्ग भेटघाट गरेर सचेतना कार्यक्रम गरिहेको छ । गत हप्ता देखि गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ४ दजाकोटमा फैलिएको झाडापखलाबाट एक बालकको मृत्यु भएको छ । सिङ्गो गाउँमा फैलिएको झाडा पखलाबाट आइतवारसम्म १ सय ९० जना बिरामी भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यलय गुल्मी र गुल्मी अस्पतालका डाक्टरको सञ्चालनले गरेको अस्थायी शिविरबाट झाडापखलाको प्रकोप केही कम भए पनि नियन्त्रणमा आउन सकेको छैन् । झडापखला प्रभावित क्षेत्रमा जिल्ला समन्वय समिति गुल्मीको नेतृत्वमा जिल्ला स्थित उच्च अधिकारीले अनुगमन समेत गरेका छन् ।

अनुगमनकर्ताले स्थलगत भेटघाट गरेर पुर्ण नियन्त्रणको लागि सबै पक्ष सक्रियता साथ लाग्ने प्रतिबद्धता जनाएका छन् । एउटै मुलको पानी पिउने स्थानियहरुमा झाडापखला फैलिएको छ । पानी परिक्षण गर्दा दिसामा पाईने कोलिफर्म भेटिएको गुल्मी अस्पताल प्रमुख उत्तम पच्चाले बताए भयो । विरामी परेकाहरु मध्ये ६ जनाको गुल्मी अस्पताल तम्घास, एक जनाको चितवन उपचार भइरहेको छ ।

गुल्मी अस्पतालमा उपचारत मध्ये ३ जना निको भएर घर फर्किएका छन् भने नयाँ आएका बिरामीहरु ३ जना उपचार भइरहेको छ । अन्य केही व्यक्तिको सोही ठाउँमा संचालन गरिएको अस्थाई स्वास्थ्य शिविरमा उपचार भैरहेको छ ।

झाडापखालाले विहिवार ,शुक्रवार शनिवारको तुलनामा आइतवार बिरामीहरु घट्दै गएपनि उपचार गराएर घर फर्केका बिरामीहरु पुनः उहि समस्या दोहोरिएर आउने गरेका छन् । ०७३ सालमा गाउँ नै ध्वस्त हुने गरि आगोलागी भएको र त्यस समयमा अरु प्रयोजनका लागि ल्याइएको पानी स्थानियले खानेपानीको लागि प्रयोग गर्दै आएका थिए ।

विरामी पर्नेहरुमा चार वर्षदेखि ८० वर्ष उमेरसम्मका व्यक्तिहरु रहेका छन् । प्रभाबित क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रत्येक घरलाई एक कार्टूनका दरले बोतलको पानी उपलब्ध गराएको मुसिकोट नगरपालिका नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए । प्रभावित बस्तीमा प्रमुख जिल्ला जिल्ला अधिकारी यदुनाथ पौडेल सहित उच्च अधिकारीहरु प्ुगेर स्थलगत अनुगमन गरेका छन् ।

सोहि स्थानमै ०७३ साल बैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो ।
५६ घरधुरी जलेर नष्ट भएको थियो । भने १ जनाको मृत्यु समेत भएको थियो । घर गोठ सहित ७० वटा जलेको १० करोड भन्दा बढिको क्षति भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D