जिल्ला समाचार

गुल्मीको कुन कुन ठाउँ बन्यो सुन्तला र कफी जोन ?

प्रेम सुनार

बुटवल मंसिर ९ । केन्द्र सरकाले यस आर्थिक बर्षको बजेट भाषणमा गुल्मीलाई कफी सुपरजोन जिल्ला सुन्तला जोन जिल्ला घोषणा गरे अनुरुप आईतबार जिल्लाका जनप्रनिधीहरुको मागका आधारमा जिल्लाका विभिन्न स्थानलाई कफी र सुन्तला खेती जोन स्थान निर्धारण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको टोली काठमाण्डौबाट आई जनप्रतिनिधी र प्रमुख जिल्ला अधिकारीको रोहवरमा आईतबार क्षेत्र निर्धारण गरिएको हो । केन्द्रका वरिष्ठ कृषि अधिकृत फर्शुराम रावलले जिल्लाका १२ वटै स्थानिय निकायका जनप्रतिनिधीहरुलाई जिल्ला समन्व्य समितिको सभा हलमा अन्तरकृया गराई क्षेत्र निर्धारण गराएका हुन ।

उनका अनुसार जनप्रतिनिधीहरुले भुगोल, हावा पानी र सम्भावनालाई मध्ये नजर गरी कफी र सुन्तलाको अलग अलग अलग अलग जोन क्षेत्र निर्धारण गर्न परियोजनाको टोलीलाई सुझाए अनुरुप क्षेत्र निर्धारण गरिएको हो ।

जस अनुसार सुन्तला जोन गाउँका रुपमा रेसुङ्गा नगरपालिकाको वडा नम्वर ३ भाडगाउँ, वडा नम्वर ४ अर्खले ,, वडा नम्वर ५ अर्खले , वडा नम्वर ६ वालकाटे र गुरुङ्ग गाउँ , वडा नम्वर ७ उपल्लो तम्घास देखि नेटा सम्म घोषणा गरिएको छ ।

त्यस्तै मुसिकोट नगरपालिकाको वडा नम्वर ८ वामी मैदान, वडा नम्वर ९ को अर्लाङ्गकोटलाई सुन्तला जोन क्षेत्र निर्धारण गरिएको छ । धुर्कोट गाउँपालिकाको वडा नम्वर १ , नयागाउँ, वडा नम्वर २ पिपलधारा, वडा नम्वर ३ हाडहाडे, वडा नम्वर ४ जैसीथोक, वडा नम्वर ५ वस्तु, वडा नम्वर ६ धुर्कोट रजस्थल सुन्तला जोन क्षेत्र निर्धारण गरिएको छ ।

जिल्लाका १२ वटा स्थानिय तह मध्ये बढि क्षेत्र सुन्तला जोन हुने स्थानिय तह धुर्कोट गाउँपालिका बनेको छ । सदियौ देखि स्वादिलो सुन्तालाको गाउँ भनेर चिनिने नयागाउँ , पिपलधारा , हाडहाडे र धुर्कोट रजस्थल रहेकोले पनि धुर्कोट गाउँपालिका सुन्तला उत्पादनमा धनी बने होे । त्यस्तै मदाने गाउँपालिकाका भनभने सुन्तला जोन निर्धारण भएको छ ।

चन्द्रकोट गाउँपालिकाको वडा नम्वर ५ र ६ सुन्तला जोन क्षेत्र निर्धारण भएको छ । कालिगण्डकी गाउँपालिकाको वडा नम्वर वडा नम्वर २ र ३ पनि सुन्तला जोन क्षेत्र घोषणा भएको छ । छत्रकोट गाउँपालिकाको वडा नम्वर ३ र ४ पनि सुन्तला जोन घोषणा भएको छ ।

त्यस्तै कफी सुपर जोन क्षेत्र गुल्मी दरबार गाउँपालिका वडा नम्वर ३, ५, र ७ निर्धारणमा परेको छ । छत्रकोट गाउँपालिका वडा नमवर ३ र ५ कफी सुपरजोन क्षेत्र घोषणा गरिएको छ । सत्यवती गाउँपालिका वडा नम्वर १ देखि ७ सम्म कफी सुपरजोन क्षेत्र घोषणा भएको छ ।

मुसिकोट नगरपालिका वडा नम्वर २, र ६ कफी सुपरजोन क्षेत्र घोषणा भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर १० , ११ र १४ कफीजोन क्षेत्र निर्धारण भएको छ । मालिका गाउँपालिका वडा नम्वर वडा नम्वर ६ , ७ र ८ कफीजोन क्षेत्र घोषणा भएको छ ।

ईस्मा गाउँपालिका वडा नम्वर ६ , ७ र ८ , मदाने गाउँपलिका वडा नम्वर २ र ३ , धुर्कोट गाउँपालिकाको वडा नम्वर ४ , कालिगण्डकी गाउँपालिकाको वडा नम्वर १ र ५ , चन्द्रकोट गाउँपालिका वडा नम्वर ७ , ८ र १० छत्रकोट गाउँपालिकाको वडा नम्वर ५ र ६ कफी सुपरजोन क्षेत्र निर्धारित भएका छन ।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी स्थानिय राजनैतिक दल, कर्मचारी र उच्चतहको नेतृत्वको पहलमा गुल्मी जिल्लामा सुपर कफी जोन र सुन्तला जोन घोषणा भएकोमा सबै पक्षा गर्वका रुपमा ग्रहण गर्दै सफल पार्न जुट्नु पर्ने आग्रह गरे । कार्यक्रमका अध्यक्ष जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुलीले मिहिन ढंगले सम्भावना अध्यान गरेर परियोजनाका कर्मचारीले कार्यन्वयन गर्न सुझाव दिए ।

कार्यक्रममा जिल्ला कृषि ज्ञानकेन्द्रका प्रमुख चक्रपाणी पन्थी, कृषि अधिकृत प्रमोद दाहल , उमानाथा भण्डारी , मकै जोन परियोजनाका कुलप्रसाद दवाडी लगायतले पनि सहजीकरण गरेका थिए । कृषि अधिकृत रावलले यो पहिलो आर्थिक बर्षमा प्रति जिल्ला एक करोड भन्दा बढि रकम पर्ने , आगमी बर्ष देखि क्रमिक रुपमले रकम बढ्ने र सरकारले १० बर्ष भित्रमा गुल्मी सहित ५ वटा जिल्ला स्याङ्गजा , अर्घाखाँची, पाल्पा र प्यसठानमा कफी सुपरजोन कार्यक्रम ल्याएको बताए ।

उनले गत दुई बर्ष देखि गुल्मीमा सुरु भएको मकै जोन कार्यक्रम प्रभावकारी बनेको र सुन्तला र कफी सुपरजोन पनि प्रभावकारी बन्ने अपेक्षमा बन्नेमा बिश्वास ब्यक्त गरे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D