गुल्मी, बैशाख ०६ । नयाँगाउँ माध्यामिक विद्यालय धुर्कोट गाउँपालिका गुल्मीलाई शनिबार एक कार्यक्रमका बिच पाँच थान कम्प्युटरसँगै विविध शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरिएको छ ।
नयाँगाउँ मैदान स्थायी घर भई हाल काठमाडौ बस्दै आउनुभएका शिक्षाप्रेमी तथा समाजसेवि नारायण मल्लको बिशेष पहलमा सामाजिक अभियान्ता विश्वराम दंगाल र अनिल शर्माको सहजीकरणमा स्पेनका नागरिक डोमिङगो तथा राकेलको बिशेष सहयोगमा उक्त सामाग्री विद्यालयलाई प्रदान गरिएको हो ।

जसमा कम्प्युटर पाँच थान, प्रिन्टर एक थान, फोटो कपी कागजसँगै भकुण्डो लगायतका रु ३ लाख बराबरको खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरिएको त्यहाँबाट शिक्षक भिमप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलका अनुसार उक्त सामाग्रीहरुको प्रयोगबाट गुणस्तरीय शिक्षा दिन ठुलो सहयोग पुग्ने बिद्यालयले अपेक्षा लिएको छ ।
जसको अधिकतम प्रयोग गरी दक्ष जनशक्ति उत्पादन गर्नमा बालबालिकाहरुलाई प्रेरित गर्ने पनि पोखरेलले जानकारी दिनुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुम बहादुर खड्काको अध्यक्षता रहेको कार्यक्रममा स्पेनका नागरीक डोमिङगाको प्रमुख आतिथ्यता रहेको थियो ।
भने स्पेनका अर्का नागरीक राकेल,विश्वराम दंगाल तथा अनिल शर्माको बिशेष आतिथ्यता रहेको थियो ।
शिक्षक बिष्णु बहादुर कडेंललको स्वागत रहेको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक यज्ञप्रसाद गौतमले गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा बालचेतना आधारभुत बिद्यालय नयाँगाउँ लाई पनि एक थान कम्प्युरट हस्तान्तरण गरिएको थियो ।