जिल्ला समाचार

गुल्मीको एउटा गाउँपालिका जहाँ छोरी जन्माए दिईन्छ ५ हजार रुपैँया भत्ता

गुल्मी, साउन ४ । जिल्लाको एक स्थानीय तहले छोरी जन्माउनेलाई ५ हजार रुपैँया दिने भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता स्वरुप ५ हजार प्रदान गर्ने भएको गाउँपालिकाले जनाएको छ ।

“गाउँपालिकाले आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रममा उक्त योजना पास गरेको छ । छोरीको सुनौलो भबिष्यका लागि गाउँपालिकाले यस्तो नीति तथा कार्यक्रम ल्याएको हो ।” गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले भने । युगौँ–युगौँदेखि समाजमा छोरा र छोरीबीच विभेद गरिने भएकोले यो विभेदलाई रोक्नको लागि यस्तो कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । पछिल्लो समयमा छोराछोरी बिचमा देखिएको विभेद र यदि गर्भमै छोरी भए फालिदिने प्रवृत्तिलाई रोक्नका लागि यस्तो निर्णय गरिएको हो । “जनतालाई केही सचेत बनाउनको लागि गाउँपालिकाले यस्तो निर्णय गरेको हो, यो कार्यक्रम यहि आर्थीक वर्ष अर्थात् साउन १ गतेबाट सुरु भएको छ,” अध्यक्ष थापाले भने ।

यस कार्यक्रमको लागू भएपछि गर्भमै छोरी भए फालिदिने प्रवृत्ति रोकिने र छोरी जन्मिए घरपरिवारमा अझ बढी हौसला मिल्न सक्ने गाउँपालिकाले अनुमान गरेको छ । गुल्मी जिल्लाको सन्र्दभमा हेर्ने हो भने यो कार्यक्रम विल्कुलै फरक भएको गाउँपालिकाले जनाएको छ । यस्तो कार्यक्रमले गर्दा समाजमा छोरा र छोरीबीच हुने विभेद केही हदसम्म भए पनि कम हुनेछ । गाउँपालिकाले छोरी जन्माए बैंकमार्फत उनीहरूलाई ५ हजार रकम प्रदान गर्नेछ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D