जिल्ला समाचार

गुल्मीको उनाएचौरमा १३२ केभिएको सव स्टेशन निर्माण कार्य सुरु

अनिल खत्री
२४ भदौ, गुल्मी । गुल्मीमा केन्द्रीय बिद्युत प्रसारण लाइन विस्तार गर्न सव स्टेशन निर्माण कार्य सुरु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ७ को उनाएचौरमा बन्न लागेको १३२ केभिए लाइनको लागि सव स्टेशन को निर्माण कार्य सुरु भएको हो ।

सव स्टेशनको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले शिलान्यास गरेका थिए । पहाडी क्षेत्रमा बितरण गरिएको बिद्युत सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उदेश्यले सव स्टेशन निर्माण कार्य थालिएको छ । नेपाल बिद्युत प्राधिकरणको ४५ करोड लागतमा बिद्युत सव स्टेशन निर्माण सुरु भएको हो ।

सव स्टेशनको डेढवर्ष भित्र काम सम्पन्न गर्ने गरि सिग्मा कन–नरेन्द्र निर्माण जेभी बानेश्वर काठमाडौंले निर्माणको जिम्मा लिएको छ । केन्द्रिय प्रशारण लाइनको पहुँच पु¥याउनका लागि सब(स्टेशन निर्माण हुने भएको हो ।

कपिलवस्तुको मोतिपुरमा रहेको सव स्टेशनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुङ्गा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौदी अमराई भएर बाग्लुङको बुर्तिबाङ सम्म पुग्नेछ । प्रसारण लाइन गुल्मीमा जोडिएपनि बुटवलमा रहेको सव स्टेशनको क्षमताले काम नगरेपछि छुट्टै सव स्टेशन निर्माण थालिएको हो ।
सव स्टेशनले बिद्युतिय ओभर लोडलाई क मगर्न मद्दत गर्ने काम गर्नेछ । सव स्टेशनको शिलान्यास गर्दै नगरप्रमुख भुसालले निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न आग्रह गरे । उनले निर्माण व्यवसायी काम जिम्मा लिने तर समयमै सम्पन्न नगर्ने प्रबृतिका कारणले धैरै बिकास निर्माणका कामहरु अलपत्र पर्ने गरेको बताए ।
शिलान्यास कार्यक्रममा नेकपा गुल्मीका सचिवालय सदस्य कृष्ण सुनार, नेपाली काँग्रेस जिल्ला सचिव खिलध्वज पन्थी लगायतले जिल्लामा सव स्टेशन बन्नु सुखद पक्ष रहेको बताए । उनिहरुले समयमै काम सम्पन्न गर्न आग्रह गरे । 
जसरी विद्युत सव स्टेशनको शिलन्यास भएको छ त्यसरी नै समयमै सम्पन्न भएमा गुल्मीले जनताको बत्तीजाने आउने समस्याबाट मुक्त हुने बताए । जिल्लामा १ सय ३२ केबीको विद्युत सव स्टेशनको काम अबको एक डेढ बर्ष भित्र सम्पन्न हुने नेपाल विद्युत प्रधिकरणका इन्जीनियर सुर्य पाण्डेले बताए ।
सव स्टेशनका अन्य स्थानका कपिलवस्तुको मोतिपुर, अर्घाखाँचीको गोरुसिंहे, गुल्मीको पौँदीअमराई स्थानका सव स्टेशनको निर्माको काम धेरै अगाडी वढि सकेको छ । तर जिल्लाको उनाएचौरमा बन्न लागेको भने केहि ढिलो गरि सुरुवात भएको छ ।
गुल्मीमा छिनछिनमा बत्तीजाने समस्याबाट आजित भएको गुल्मेलीहरुमा विद्युत सव स्टेशनको काम सुरु भएसँगै उक्त समस्याको हल हुने स्थानीयको आशा गरेका छन् । हाल बुटवलको योगीकुटिमा रहेका १३२ केभिएको सव स्टेशनबाट ३३ केभिए बिद्युत जिल्लामा आउने गरेको छ ।
त्यसले गर्दा बिद्युत खपत हुने समयमा बेला बेलामा बिद्युत छिनछिनमा जाने आउने गर्दछ । त्यसले गर्दा यहाँका उपभोक्ताहरुले सास्ती खेप्दै आएका छन् ।
सव स्टेशनबाट जिल्ला र छिमेकी जिल्लाहरुमा बिद्युत पहुँच बढ्ने छ ।
निकट भबिश्यमा उत्तरगंगामा निकालिने बिद्युतलाई यसै स्टेशनमा कापिलवस्तुको औधोगिक क्षेत्रमा बिद्युततिय क्षमतालाई बढाउने उदेश्य पनि रहेको छ । छिनछिनमा बिद्युत आउने जानेसमस्यामा रहेका जिल्ला वासीहरुको समस्या समाधान पनि हुनेछ ।
यसले गर्दा यसक्षेत्रमा उद्योग व्यवसायहरुलाई राहत मिल्नेछ । बिद्युत सव स्टेशन बन्न लागेको स्थान उनाएचौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणमा प्राबिधिक समस्या देखिए पछि बिमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय भने यस क्षेत्रमा धेरै बिकासका आयोजनाहरु आउदा खुसी भएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D