gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीको इस्मा गाउँपालिकामा सेवाग्राहीका लागि टोकन प्रणाली

टोपलाल अर्याल
गुल्मी, २४ जेठ। सरकारी कार्यालयहरुमा सोर्सफोर्सका आधारमा काम हुने नौलो संस्कृति होइन । यो परिपाटी जिल्लाका धेरै कार्यालयमा बिद्यमान छ । तर कार्यालयमा यो प्रवृतिलाई निरुत्साहित गर्न र सेवाग्राहिको भिडलाई नियन्त्रण गर्न इस्मा गाउँपालिकाले टोकन प्रणाली लागु गरेको छ ।

सेवाग्राहिको भिड यिन्त्रण गर्न इस्मा गाउँपालिकाले लागु गरेको टोकन प्रणाली  ।

आर्थिक बर्षको अन्तिम भएकाले पनि कार्यालयमा कामको चाँपचाँप छ । सेवाग्राहि योजनाका काम र भुक्तानीका लागि एकैचोटी आउने गरेका कारण कार्यालयमा भिडभाड हुने गरेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरोज कुमार पोखरेलले बताए । सेवाग्रहीको भिडभाड नियन्त्रण गरि उनीहरुकै सेवा प्रवाहमा सहजता ल्याउन टोकन प्रणाली लागु गरिएको पोखरेलले बताए ।

दुई नगर र १० गाउँपालिका मध्ये इस्मा गाउँपालिकाले गरेको यो जिल्लाका पहिलो कार्य हो । ‘कार्यालय समयमा पहिले आउनेले पहिलेनै पालो पाउनुपर्छ,त्यसैलाई टोकन बनाइएको छ,’उनले भने,‘भिडभाड नियन्त्रण भए सेवाग्राहि र कर्मचारीलाई सजिलो हुन्छ ।’ यो प्रणाली मार्फत कार्यालय आउने सेवाग्राही सवै वरावर हुने र गुनासा कम हुने उपेक्षा पनि गाउँपालिकाको रहेको गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले बताए । उनले यो कामलाई आफुहरुकै लागि भनेर सम्झन पनि सेवाग्राहिलाई आग्रह गरे ।

गाउँपालिकामा योजनाको काम लिएर पुगेका वडा नम्बर १ का थम्मन कुवँरले टोकन प्रणालीले सेवा प्रबाहमा सहजता ल्याएको प्रतिक्रिया दिए । ‘टोकन नहुदाँ कार्यालयमा ठुला बडाको सोर्स चल्थ्यो,’उनले भने,‘अहिले त्यो हटेको छ ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D