गुल्मीको अर्जुन डाँडामा ‘सेल्फी टावर’ निर्माण

अनिल खत्री
१८ असार, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घास नजिकै रहेको धार्मिक, ऐतिहासिक एबं पर्यटकीय क्षेत्रमा आकर्षक गनतव्य बनाउन ‘सेल्फी टावर’ निर्माण गरिएको छ । अर्जुन क्षेत्रसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई तम्घास बजार सहितको मनमोहक दृश्य सेल्फीमा खिच्ने गरि टाबर निर्माण गरिएको हो ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ को धार्मिक तथा ऐतिहासिक महत्वले भरिपूर्ण स्थल अर्जुन डाँडामा पर्यटकिय क्षेत्र बनाउन ‘सेल्फी टावर’ निर्माण गरिएको छ । अर्जुन क्षेत्रमा पर्यटकीय क्षेत्र बनाउन लुम्बिनी प्रदेश सरकार उद्योग वन तथा बातावरण मन्त्रालयको १४ लाख ४० हजार र उपभोक्ता समितिको तर्फबाट १ लाख ४४ हजार गरि १५ लाख ८४ हजारको लागतमा ‘सेल्फी टावर’ निर्माण गरिएको हो ।

टावर निर्माण भएसँगै तम्घास बजार सहितको मनमोहक दृश्य अबलोक गर्न सकिने भएको छ । हाल टाबर निर्माण कार्य सम्पन्न भएपनि कोरोना महामारीले गर्दा अबलोकन कर्ता खासै जाने गरेका छैनन् । सिँढी मार्फत अग्लो टावरमा पुगेपछि तम्घास बजारको सुन्दर दृश्य सहितको सेल्फी फोटो खिच्न सकिन्छ ।

सेल्फी टावर मार्फत नयाँ युवापिडिहरुलाई आकर्षण गरेर पर्यटकीयक्षेत्र बनाउने उदेश्यले टाबर निर्माण गरिएको रेसुङ्गा नगरपालिका वडानम्बर–७ का वडाअध्यक्ष मोहनप्रसाद पाण्डेले बताए । उद्घाटन र सञ्चालन गर्न कोरोना महामारीले गर्दा समस्या परेको पाण्डेयले बताए ।

अब छिट्टै यसको उदघाटन गरेर सञ्चालनमा ल्याउने पाण्डेको भनाई छ । टाबरका एक पटकमा २० जनासम्म पुग्न सकिने गरि निर्माण गरिएको छ ।

सेल्फी टाबरसँगै अर्जुन क्षेत्रमा पुराना ऐतिहासिक मन्दीरहरुलाई मर्मत र नयाँ संरचना निर्माण गर्न थालिएपछि अर्जुन क्षेत्रमा थप पर्यटकीय गनतव्य बनेको छ । अर्जुन क्षेत्रमा यस अघि पर्यटकीय क्षेत्र बनाउन लुम्बिनी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय सहयोगमा प्रबेशद्धारा, पानीको फोहोरा फाल्ने सहितको पोखरी निर्माण, बनभोज जानेहरुको लागि भवन बनाउने गरि रु २० लाखको लागतमा निर्माण गरिएको थियो ।

करिव २ हजार मिटर उचाईमा रहेको अर्जुन डाँडा धार्मिक,ऐतिहासिक,पुरातात्विक र जैबिक विविधताको महत्वपूर्ण मानिन्छ । बि.सं.१४९३ भन्दा पहिले राजाले राज्य गरेको ठाउँ सो को भग्नावशेषहरु थिए भन्ने किम्न दन्ती रहेको छ ।

उक्त डाँडामा पाँचपाण्डव मध्येका अर्जुनको आगमनले यस लेकको नाम अर्जुन रहेको भन्ने मान्यत रहेको छ । अर्जुनले यसै गिरीमा वसी गिताको तत्व ज्ञान लिनुभएको, शिवजीले यसै गिरीमा ध्यान गर्नु भएको भन्ने किंवदन्ती प्रचाचिन काल देखि रहि आएको छ ।

हाल अजुन डाँडा मन्दीरमा सामान्य केहि वनभोज खान जानेसँगै ऐतिहासिक स्थलहरु हेर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ