जिल्ला समाचार

गुल्मीकै नमुना बनकाे रुपमा विकास हुँदै झ्वाँले पाखाे सामुदायि बन

कृष्ण अन्जान ज्ञवाली
गुल्मी । गुल्मी जिल्लाकाे प्रवेश द्दार रुरु क्षेत्र र त्यहि रुरु क्षेत्रकाे रिडी बजार माथि रहेकाे च्युरेक गाउँले सँरक्षण गरेकाे झ्वाँले पाखाे सामुदायिक बन जिल्लाकै नमुना सामुदायिक बन भन्दा फरक पर्दैन ।

याे जँगल लगभग मासिएर राताे डाँडाेमा परिणत हुन थाले पछि करिव दुई दशक अगाडि च्युरेक गाउँका सामाजिक अगुवा हरु मुमेश्वर ज्ञवाली ,युवराज ज्ञवाली ,चेत बहादुर क्षेत्रि ,पिताम्वर ज्ञवाली ,केशव राम ज्ञवाली ,प्रमानन्ज्ञवाली ,लाल बहादुर विश्वकर्मा सूर्य प्रसाद खनाल माेतिलाल ज्ञवाली लगाएतका दर्जनाै समाजसेविकाे पहलमा सँरक्षण शुरु भएकाे हाे ।

जति वेला यहाँका समाजसेवि हरुले सँरक्षण शुरु गरे त्यतिबेला उनिहरुले साेँचेका पनि थिएनन हाेला याे वन यति घना मात्र हाेइन नमुना समेत बन्ने छ भनेर तर त्यहि राताे डाँडाे अहिले यति घना बनेकाे छ कि वन छिचाेल्न गाराे भएकाे ।तानसेन रिडी तम्घास माेटर वाटाेकाे रातामाटा क्षेत्र माथि याे सामुदायिक वनका नजारा देख्न पाइन्छ ।

मुख्यतया याे वन क्षेत्र भित्र साल ,सल्ला ,फँडेर जामुनाे खएर जातका रुखहरु छन भने धएँराे बकाइनाे अमला लगाएतका जातका बाेट विरुवा पनि रहेका छन ।
पहिले यहि जँगलकाे वाटाे भएर रिडी झर्ने गर्थे तर अाजभाेलि घना जँगल भएका कारण एक्लै दुक्लै जँगलकाे वाटाे हिँड्न सक्ने अवस्था पनि छैन ।

जँगल वढे सँगै यहाँ जँगली जनावरकाे वासस्थान पनि बढेकाे छ यश क्षेत्रमा अाज भाेलि पाटेबाघ ,चितुवा ,स्याल ,माउखाने ,मृग ,ढेँडुवा ,बाँदर लगाएतका बन्यजन्तु का साथै बन कुखुरा ,कालिज ,तित्रा,काेइली ,न्याउली ,लामपुच्छ्रे लगाएत दर्जनाै प्रजातिका चराहरु पनि पाइन्छन ।साथै अजिँगर किँगकाेब्रा हर्रेउ लगायतका २० भन्दा बढि सर्पका प्रजाति पनि याे वनमा देखिएका छन।

मुख्यतया याे वनमा परापुर्वकालमा अमला अत्यधिक फल्ने र अमलाका रुखमा झ्वाम्म अमला फल्ने हुँदा जँगलकाे नाम झ्वाम्म अमले बाट अपभ्रँश हुँदै झ्वाँले पाखाे रहन गएकाे पुर्व शिक्षक समेत रहेका प्रमानन्द ज्ञवालीकाे भनाइ छ ।

बुढाअाँप भन्ने ठाउँबाट साल विसाैना सम्म करिव १० किलाेमिटर क्षेत्रमा फैलिएकाे झ्वाँले पाखाे सामुदायिक वनकाे वन पैदावरवाट हुने अाम्दानि जँगलकाे रेखदेखका साथै स्थानिय विध्यालय मन्दिर बाटाे घाटाेमा खर्च हुने गरेकाे छ ।

रुरु क्षेत्र धार्मिक पर्यटकिय क्षेत्रकाे रुपमा विकास हुँदै गर्दा याे झ्वाँले पाखाे वन क्षेत्रलाइ पनि चिडीया खानकाे अवधारणामा विकास गर्न सके याे क्षेत्रकाे पर्यटकिय विकासमा टेवा पुग्ने देखिन्छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D