गुल्मीकी यी १२ वर्षिया बन्दनाद्धारा जिवनरक्षाको अपिल

प्रेम सुनार
गुल्मी, साउन १४ । दुबै मृगौला फेल भई यति वेला जिवन मरणको दोसाँधमा रहेकी गुल्मी हुँगाकी एक १२ वर्षिया बालिकाका परिवारजनले उनको जिवन रक्षाका लागि सवैसँग सहयोगको अपिल गरेका छन् । छत्रकोट गाउँपालिका वडा नम्वर १, हुँगाकी बन्दना भण्डारीका परिवारजनले यस्तो अपिल गरेका हुन् ।

उनका पिता जिवन भण्डारीले भने, ‘मेरो सवै श्रीसम्पत्ती बेचे पनि छोरीको उपचार गर्न सक्ने अवस्था छैन । केहि उपाय नलागे पछि उनको जिवन रक्षाका लागि सञ्चार माध्यम मार्फत सवैसंग सहयोगको हात फैलाएको हुँ ।’

उनका ठुला बावा तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले पनि त्यो परिवारको केहि उपाय नलाग्ने भए पछि सवै संग सहयोग गरी दिन आग्रह गरेका छन ।

१० महिना अघि देखि ति वालिका महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार गराई रहेकी छन् । उनलाई सहयोग गर्न चाहनु हुने महानुभावले उनै कृष्ण भण्डारीको मो. नम्वरमा ९८५७०६१८४० मा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ