जिल्ला समाचार

गुल्मीकी बिरामी महिलाको लागि आर्थिक संकलन, उपचारको लागि भैरहवा लगियो

हुमाकान्त पोखरेल
गुल्मी, ३० जेठ । गुल्मीमा मानसिक रोगीको लागि युटुबबाटै आर्थिक संकलन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ घमिर टुनिखोलाकी कमला सुनारको लागि युटुबबाटै आर्थिक संकलन गरिएको हो । ३८ बर्षिय सुनार विगत दुई बर्षदेखि मानसिक रोगी छिन् । रोग लागेपछि उनले दुई बर्षअघि देखि नै औषधी सेवन गर्न थालेपनि रकम अभावले औषधी समेत ल्याउन सकेकी थिइनन् ।

पछिल्लो समय नौ महिनायता उनीसँग औषधी नभएको कारण उनलाई दाम्लोमा बाँधेर राखिएको समाचार गुल्मीन्युज डट कममा प्रकाशित भएको थियो । त्यहि अवस्थामा एक युटुब संचालक सुमन पन्थीले उनको दर्दनाक भिडियो युटुबमा राखे र आर्थिक संकलनको लागि अनुरोध गरे । भिडियो राखेको छ दिनमै उनलाई ५० हजार सहयोग जुटेको पन्थीले बताए । जसमध्ये मालिका गाउँपालिकाले २० हजार प्रदान गरेको छ । भने पन्थी लगायत केहि युवा गाउँमा चन्दा उठाए भने देश तथा विदेशबाट समेत फोन गरेर आर्थिक सहयोग गरेका छन् । कतिपयले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । रकमले युटुब संचालक पन्थी र कमलाका श्रीमानले बिहिबार नै उनलाई थप उपचारको लागि भैरहवा लगेका छन् ।

कमलाको उपचारको लागि एक लाख लाग्ने अनुमान गरिएको छ । तर अहिले उठेको रकमबाट उपचार गर्ने र सहयोगको प्रतिवद्धता आएको रकमबाट थप औषधी किन्ने परिवारको योजना छ । कमला बिरामी भएदेखि उनका श्रीमान कतै पनि काममा जान पाएका छैनन् । घरमा भाडाँकुडा यत्रतत्र छर्ने, जथाभावि गाइबाख्रा फुकाउने, छिमेकीको घरमा झै–झगडाको वातावरण बनाउने जस्ता कारणले उनलाई साङ्ग्लोले बाधँेर राख्नुपरेको छोरा कमल सुनारले बताए । ‘अवस्था नि धेरै नाजुक छ, काममा जान पाएका छैनौ ।’ उनले भने, ‘आमाको उपचारमा सबै सम्पत्ति सकियो तर निको गराउन सकेका छैनौ ।’ उनको आफ्नो लालपुर्जा समेत छैन । विगतदेखि नै सुकुम्बासि जग्गामा गुजारा गर्दै आएका छन् । छोरा कमलले सबैले सक्दो आर्थिक सहयोग गरि उपचारमा थप सहयोग गरिदिन आग्रह गरे । यदि उनलाई कसैले सहयोग गर्न चाहेमा ९८६७३९३८७३ अथवा ९८५७०४९३३३ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D