जिल्ला समाचार

गुल्मीका ५ स्थानिय तहमा सार्बजनिक बिदा

अनिल खत्री
२९ साउन, गुल्मी । गुल्मीका ५ वटा स्थानिय तहले रक्षा बन्धनको अबसरमा सार्बजनिक बिदा दिएका छन् । जिल्लामा रहेका २ नगर सहित १२ वटा स्थानिय तह मध्ये ५ स्थानिय तहले सार्बजनिक सुचना जारी गरेर बिदा दिने निर्णय गरेका हुन् ।

सत्यवती गाउँ पालिकाले बिदा सम्बन्धि जारि गरेको सूचना।

बिहिवार साउन ३० गते परेको रक्षा बन्धनको अबसरमा रुरु गाउँपालिका, सत्यवति गाउँपालिका, चन्द्रकोट गाउँपालिका, छत्रकोट गाउँपालिका र गुल्मी दरवार गाउँपालिकाले सार्बजनिक बिदा दिने निर्णय गरेका हुन् । गाउँपालिकाले बुधवार सार्बजनिक सुचना मार्फत सार्बजनिक बिदा दिने निर्णय गरेका छन् ।

जिल्लाका अन्य स्थानिय तहले भने बिदा दिएका छ्रैनन् । साउन शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D