कोरोनामुख्य हेडलाईन

गुल्मीका ५ जनाको स्वाब परिक्षण गर्न भैरहवा पठाइयो

टोपलाल अर्याल
गुल्मी, २४ चैत । गुल्मीमा पहिलो पटक कोरोना आशंकामा पाँच जना व्यक्तिको स्वाब परिक्षण थालिएको छ । सोमबार मुसिकोट नगरपालिका दुई, रेसुङा नगरपालिकाका एक र सत्यवति गाउँपालिका दुई जना युवाको स्वाब संकलन गरेर भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । उनीहरु गत चैत्र ६ गते कोरोना संक्रमित युवतीसंगै कतार एयरवेयजको विमानबाट नेपाल आएका थिए ।

पच्याले प्रयोगशालामा नमुना संकलनको चाप हेरेर ४२ देखि ७२ घण्टामा उनीहरुको रिर्पोट आउने बताए । रेसुङा नगरपालिकाका युवा महेन्द्र माविको क्वारेन्टाइनमा रहेका थिए । भने बाँकी मुसिकोट नगरपालिका र सत्यवति गाउँपालिकाका चार जना होम क्वारेन्टाइनमा रहेको पच्याले बताए । जिल्लामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कामहरु प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको संयोजकत्वमा संकट व्यावस्थापन केन्द्र स्थापना गरिएको छ ।

केन्द्रमा जिल्ला समन्वय अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारी र सदरमुकाममा रहेका सरकारी अस्पताल प्रमुख सदस्य रहेका छन् । त्यस्तै संकास्पद बिरामीहरुलाई तत्काल अस्पतालसम्म पुराउन गुल्मी अस्पतालका डाक्टर कविराज भुसालको संयोजकत्वमा (पिआरटी) टोली गठन गरिएको छ । त्यो टोलीमा बिरभद्र जंग गुल्मको प्रतिनिधी, जिल्ला प्रहरी कार्यालयको प्रतिनिधी, स्वास्थ्य कार्यालयको प्रतिनिधी र सशस्त्र प्रहरी बल गुल्मका प्रतिनिधी सदस्य रहने व्यावस्था गरिएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker