जिल्ला समाचार

गुल्मीका २ बिद्यालयका बिद्यार्थीहरुलाई २७० थान सुईटर बितरण

अनिल खत्री
२३ मंसिर, गुल्मी । गुल्मीमा सत्यवतीका २ वटा बिद्यालयमा २७० थान स्विटर सहयोग स्वरुप बितरण गरिएको छ । जिल्लाको सत्यवती गाउपालीक–७ जुनिया को जुनिया माध्यमिक बिद्यालय र जुनिया ७ कै हेमन्त आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई ईसेवाले २७० थान सुइटर बितरण गरेको हो ।

ईसेवा कार्यलय बुटवल र गुल्मी सेन्टरको संयुक्त आयोजना र गुल्मी चेम्बर अफ कमर्श गुल्मीका अध्यक्ष युवराज न्यौपानेको पहलमा २ वटा बिद्यालयमा बिद्यार्थीहरुलाई सुइटर बितर गरिएको ई–सेवा गुल्मीका जनक पन्थले बताए । असाय अशक्त बिद्यार्थीकोहरुको सहयोग र बिद्यार्थीको पढाईमा सहजता ल्याउनको निम्ति बिद्यार्थीहरुलाई सुइटर बितरण गरिएको पन्थले बताए । बिद्यार्थीहरुलाई सुइटर बितरण गरेर सहयोग गरेकोमा जुनिया माध्यमिक बिद्यालयका प्रधानाध्यापक केशवराज भट्टराईले धन्यवाद दिए । उनले बिद्यार्थीहरुको लागि गरिएको सहयोगले पढाइमा मनोवल बढाउन मद्दत पुग्ने बताए ।

२६ जनवरी २००९ मा स्थापना भएको ईसेवा नेपालको पहिलो भुक्तानी माध्यम हो । हस्तातरण कार्यक्रममा गाउँपालीका उपाध्यक्ष सुवर्णशाही शेरचन, गुल्मी चेम्बर अफ कमर्श गुल्मीका अध्यक्ष युवराज न्यौपाने, इसेवा प्रदेश प्रमुख कमल सापकोटा, इसेवा जिल्ला प्रमुख अर्जुन सापकोटा, कार्यपालीका सदस्य होम बहादुर भुजेल, वडा अध्यक्ष लोक बहादुर बुढाथोकी, चेत बहादुर बुढाथोकी लगायत रहेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D