जिल्ला समाचार

गुल्मीका १५ बर्षीय किशोर ३ दिनदेखि सम्पर्क बिहिन

गुल्मी, भदौ २१ । गुल्मीको इस्मा दोहलीका १५ बर्षीय बालक ३ दिनदेखि सम्पर्क बिहिन भएका छन् । इस्मा गाउँपालिका ४ दोहलीका मन बहादुर घर्तिका छोरा बिष्णु घर्ति गत १९ गतेदेखि परिवारको सम्पर्कमा छैनन् ।

घरबाट साथीहरुसंग खेल्न निस्किएको र साँझ ४ बजेसम्म घर नजिकै छिमेकीले देखेको बुवा मन बहादुर घर्तिले बताए । उनले गाउँलेहरुले सवै आफन्त र संभावित ठाउँहरुमा छोरालाई खोजे पनि फेला नपरेको बताए । सोमबार परिवारले इस्मा प्रहरीचौकीमा बालक हराएको बारेमा जानकारी गराएका छन् । बिष्णुले सुन्तलादेवि निमावि नयाँपोखराको कक्षा ६ मा अध्ययन गर्दै आएका थिए ।

गहुँ गोरो वर्ण भएका बालकले सेतो सर्ट, जिन्स पाइन्ट र रातो तने चप्पल निवासी लगाएको परिवारले जनाएको छ । तीन दिनदेखि छोरा सम्पर्कमा नभएपछि घर्ति परिवारमा चिन्ता छाएको छ । इस्मा प्रहरीचौकी इन्चार्च प्रहरी नायव निरिक्षक मोहनलाल अधिकारीले परिवारले भर्खरै उजुरी दिएकाले

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D