gulminews logo
मंगलवार, २०७९ श्रावण २४

गुल्मीका १२ स्थानीय तहमध्ये २ गाउँपालिका मासु र दुधमा आत्मनिर्भर हुँदै

मनोज कार्की
असार २९ गुल्मी । गुल्मी जिल्लामा २ नगरपालिका र १० गाउँपालिका गरि १२ वटा स्थानीय तह रहेका छन । स्थानीय तहको निर्बाचन भएको २ बर्ष बितिसक्दा २ स्थानीय तहले मासुमा आत्मानिर्भर बनेका छ्न । सत्यबती गाउँपालिका र धुर्कोट गाउँपालिका आत्मनिर्भर भएको पाइएको छ ।

सदरमुकाम तम्घासको नजिकै रहेको धुर्कोट गाउँपालिकाले पालिका भित्र आबश्यक मासुको व्यवस्थापनसँगै बाहिरसमेत निर्यात हुन थालेपछि मासुमा आत्मनिर्भर भएको घोषणा गरिएको धुर्कोट गाउँपालिकाले जनाएको छ । यहि असार १७ गते प्रदेश नम्बर ५ कि भुमि ब्याबस्था , कृषि तथा सहकारी मन्त्री आरती पौडेलले धुर्कोट गाउँपालिका आत्मनिर्भर गाउँपालिका भन्दै घोषण समेत गर्नुभएको थियो ।

आर्थिक बर्षमा १८ सय १८ किलो बराबरको खसी तथा बोकाबाट ७ लाख २५ हजार रुपैयाँ आम्दानी गर्न गाउँपालिका सफल भएको गाउँपालिका प्रमुख पोखरेलले बताउनु भयो ।

हाल गाउँपालिकाभित्र ६४ वटा बाख्रा फार्म, २१ वटा कुखुरापालन फार्म, सात वटा मासु पसल, छ वटा गाईभैंसी पालन फार्म रहेका छन् ।

धुर्कोट गाउँपालिकाले सबै वडामा बाख्रापालन कार्यक्रम सञ्चालन गरी खोर सुधार, बोका वितरण, मासु पसल सुधार, घाँसका बीउ बेर्ना वितरण, गाईभैंसीमा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरेको छ ।

यता गुल्मीकै एक स्थानीय तहले मासुमा आत्मानिर्भर तथा बिक्रीमा नापतौलमा कृषकहरुलाइ सहजताको लागि सत्यबती गाउँपालिकाले डिजिटल तराजु बितरण गरेको छ ।

मासु र दूधमा निर्भर रहेको सत्यवती गाउँपालिका अहिले भने एक ट्रक खसीबोका निर्यात गर्न सक्ने क्षमतामा पुगेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनु भएको छ ।

गाउँपालिकाले व्यास्थित तरिकाले व्यवसाय गर्नेलाई कृषकलाइ समूह बनाएर अनुदानको व्यवस्था समेत गरेको जानाकारी दिनु भएको छ ।

गाउँपालिकाले कृषकलाइ हौसाला दिदै बाख्रापालन व्यवसाय विस्तारका लागि बोयर बोका बितरण गरिएको धकालले बताउनु भयो ।

मासुमा मात्र नभई गाउँपालिका दूधमा पनि आत्मनिर्भर हुँदै आएको गाउँपालिकाले दाबी गर्दै आएको छ । साथै गाउँपालिकामा दैनिक कृषकबाट सय लिटर दूध निर्यात हुन लागेको पाइएको छ।

यो पनि पढ्नुस्

तम्घासको सडक स्तरोन्नती गर्ने काम अधुरै, बजेटमा जस लिनेको होटबाजी, कार्यान्वयमा वेवास्ता

हुमाकान्त पोखरेलगुल्मी, १५ साउन । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकोले डेढ बर्षअघि मर्मत

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D