जिल्ला समाचार

गुल्मीका स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्य धमाधम

अनिल खत्री
१९ मंसिर, गुल्मी । गुल्मीका स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्यलाई तिब्र पारिएको छ । जिल्ला जिल्ला सदरमुकाम तम्घासको जिल्ला प्रशासन कार्यालमा ३ जना अपरेटरबाट काम सुरु गरिएको थियो । तर यो अभियान स्थानीय तहसम्म पुराइएको छ ।

जिल्ला दर्ता संकलन कर्ता मार्फत बिभिन्न स्थानीयतहमा राखिएका शिबिरबाट राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्य अगाडी बढेको हो । जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये २ वटा स्थानीय तहमा बिवरण दर्ता संकलन कार्य सम्पन्न गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

जिल्लाको गुल्मीदरवार गाउँपालिका र धुर्कोट गाउँपालिकामा बिवरण दर्ता संकलन कार्य सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थी जानकारी दिए । गाउँपालिकाका बिभिन्न ठाउँमा गरिएको बिवरण दर्ता संकलनमा गुल्मीदरवार गाउँपालिकामा ११ हजार ९०५ जनाको बिवरण दर्ता संकलन गरिएको छ ।

त्यस्तै धुर्कोट गाउँपालिकामा १० हजार ७७० जनाको बिवरण दर्ता संकलन गरिएको प्रशासकीय अधिकृत पन्थी जानकारी दिए । यो अभियानलाई जिल्लाका सबै स्थानीय तहसम्म लगिन लागिने भएएको छ ।

अभियान अन्र्तगत मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका र मदाने गाउँपालिकामा दर्ता संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्यलाई अगाडी बढाउन ६० जनादर्ता संकलक मार्फत टोलि खटाइएको प्रशासकीय अधिकृत पन्थी जानकारी दिए ।

संकलन कार्यको लागि एउटा स्थानीय तहमा १५ दिनसम्म संकलन गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । राष्ट्रिय परिचयपत्रले नागरीकलाई राज्यबाट हुने सेवा सुविधा सहज रुपमा प्राप्तगर्नका लागिप्रयोग गरीने आधारभूत पहिचान भएको परिचयपत्र हो ।

राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थान सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।

वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान(श्रीमतिको नाम, स्थायी(अस्थायी ठेगाना पर्दछन । जैविकविवरण अन्तर्गत औँठाछाप, दुईवटा आखाँको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरीने गरिन्छ ।

परिचयपत्रले नागरिकका सेवा सुबिधाहरु सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण रहने छ । परिचयपत्र बिवरण दर्ता संकलन गर्न नागरिता, बसाई सराइ गरेको हकमा बसाईसराइको सक्कल कगजपत्र चाहिन्छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D