जिल्ला समाचार

गुल्मीका स्कुलमा ट्राफिक शिक्षक दुर्घटना न्यूनिकरण पढाउदै

अनिल खत्री
५ मंसिर, गुल्मी । जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्न भन्दै फरक फरक तरिकाबाट सचेतना कार्यक्रमहरु सञ्चालन गरेको छ । केहि दिन अघिबाट सडकमै चालक, सहचालक र यात्रुहरुलाई प्रर्शिक्षण कार्यक्रम सुरु गरेको प्रहरीले बिद्यार्थीलाई पनि सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
‘ट्राफिक नियम जनौ र मानौ, आफुपनि बचौ अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ गुल्मीमा ट्राफिक सचेतना कार्यक्रम सुरु गरिएको हो । प्रहरीले दुर्घटना न्यूनिकरण गर्न भन्दै बुधवार गुल्मी जिल्लाको ग्रामीण बस्तीमा रहेको सत्यवत्ति गाउँपालिका २ को ठूलो लुम्पेक स्थित लक्ष्मीपुर माध्यमिक बिद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
बिद्यालयमा रहेका २ सय ५० जना बिद्यार्थीलाई बढ्दो न्यूनिकरण गर्ने तर्फ बिभिन्न बिषय बस्तुमा कक्षा सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक पृथ्वी काफ्लेले बताए । बिद्यार्थीहरुलाई दिएको दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय गुल्मीका हल्वदार देवीप्रसाद पौडेल, जवान सुर्य अधिकारी लगायतले सड्कमा यात्रा गर्न पैदल यात्रुले ध्यान दिनुपर्ने कुराहरुमा जानकारी गराएका थिए ।

सवारी साधनमा यात्रा गर्दा यात्रुले गाडिको अबस्था सिट क्षमता लगायतका बिषयमा बिशेष ध्यान राखेर यात्रा गर्नु बिद्यार्थीहरुले जानकारी गराइएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख काफ्लेले बताए । समाजमा रहेका हरेक वर्गबाट बढ्दो दुर्घटना न्यूनिकरण गर्नको लागि महत्वपूर्ण भूमिका रहने भएकाले बिभिन्न क्षेत्रबाट सचेतना कार्यक्रहरु थालिएको काफ्लेले बताए ।

बिद्यार्थीहरुलाई दिएको सचेतना कार्यक्रममा सडकमा यात्रा गर्दा दायाँ तर्फबाट यात्रा गर्ने सवारी साधनले सिट क्षमता भन्दा वढी सवारी भए यात्रा नगर्ने जस्ता बिषयमा बिद्यार्थीहलाई सचेत गराइएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका हल्वदार देवीप्रसाद पौडेलले बताए । दुर्घटना न्यूनिकरण गर्नका लागि फरक फरक तरिकाबाट बिभिन्न समुदायलाई प्रर्शिक्षण् सचेतना कार्यक्रम बिभिन्न स्थानहरुमा निरन्तर जारि राख्ने हल्वदार पौडेलले बताए ।
दुर्घटना न्यूनिकरणको कारक तत्वमा यात्रुहरु पनि सचेत नबन्दा कतिपय दुर्घटनाहरु हुने गरेकाले यसको अत्यको लागि सबै क्षेत्रलाई सचेतना कार्यक्रम राखिएको उनको भनाई छ । जिल्ला ट्राफिक कार्यलय गुल्मीले यस अघि जिल्ला भर बिभिन्न बिद्यालयहरुमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा बिद्यार्थीहरुका लागि २७ वटा कक्षा, सुरक्षित चालक बनाउन २ पटक कक्षाहरु सञलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका हवल्दार पौडेलले बताए । सवारी धनि व्यवसायीक चालक तथा सहचालकलाई ३ वटा कक्षा, सर्बसाधरणलाई ८ वटा कक्षा, पर्चा पम पिलेट १५ पटक र स्थानिय सञ्चार माध्यमबाट समेत सचेतना कार्यक्रहरु सञ्चालन गरेको पौडेलले बताए ।

गुल्मीबाट छुट्ने सवारीका साधनहरुलाई टाइम कार्ड व्यवस्था गरिएको छ । बढ्दो सवारी दुरघटना न्युनिकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला ट्राफिक कार्यालय गुल्मीको सक्रियतामा जिल्लाबाट छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको हो । जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको छ । सदरमुकाम तम्घासबाट जिल्ला बाहिर छुटने सवारी साधनहरुलाई रिडी सम्मका लागी टाइम कार्डको व्यवस्था गरिएको हो ।
जिल्लामा पहिलो पटक झण्डै ३ वर्ष पहिले तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले टाइम कार्डको लागु गरेका थिए । केहि महिना नियमित भएपनि पुनः बन्द भएको थियो । तर पछिल्लो पटक जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले टाइमकार्ड पुन लागु गरेका हुन् । दुर्घटना न्यूनिकरणमा टाईम कार्डले मदत पुर्याएपछी यसलाई पुन सञ्चालनमा ल्याइएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D