जिल्ला समाचार

गुल्मीका सुनचाँदी व्यवसायी विश्वकर्माद्धारा माक्स र साबुन वितरण!

मनु सुनार
गुल्मी, बैशाख ०२ । विश्वव्यापी महामारिको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरसको संक्रमण हुन नदिन तथा जोखीम न्यूनिकरणका लागि यतिबेला नेपाल लक डाउनमा रहेको छ। कोरोना भाइरसबाट बच्नका लागि लक डाउनलाई पूर्ण रुपमा पालना गर्नुको विकल्प छैन् । यसको संक्रमण हुनबाट बच्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि पटक–पटक साबुन पानीले मिचि हात धुने, गुणस्तरिय स्यानिटाइजरको प्रयोग गर्ने, मास्कको सही प्रयोग गर्ने तथा भिडभाडबाट आफुलाई बचाउन सके यसको संक्रमण हुनबाट बच्न सकिने औल्याएको छ।

सोही उपायलाई मध्यनजर गर्दै गुल्मीको सदरमुकाम तम्घासमा सुनचाँदी व्यवसाय गर्दै आएका सुनचाँदी व्यवसायी झविन्द्र विश्वकर्माले सोमबार रेसुङ्गा नगरपालिकाको वडा नं १४ मा माक्स, साबुन तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका थिए। रेसुङ्गा नगरपालिकाको सबैभन्दा विकट वडाको रुपमा रहेको पराल्मी तथा रातामाटामा रु १७ हजार रुपैँया बराबरको माक्स, साबुन वितरण गरेका हुन्। त्यस वडाको पराल्मीका विभिन्न स्थान, छाप, टापु, गाँव, कोल्, देउराली लगायतका विपन्न परिवारलाई एक–एक पिस साबुन र माक्स वितरण गरेको सुनचाँदी व्यवसायी विश्वकर्माले जानकारी दिए।

यस्तै रातमाटामा माक्स तथा साबुन वितरणका लागि वडा सदस्य फर्सुराम कुवँरलाई हस्तान्तण गरेका थिए। विकासको दृष्ट्रिकोणले समेत पछाडि पर्दै आएको त्यस वडाका स्थानीयलाई आफ्नो व्यक्तिगत तर्फबाट कोरोना भाइरसले सबैतिर सन्त्रास छाइरहेको अवस्थामा केही भएपनि राहत पुगोस भन्ने उद्देश्यले राहत वितरण गरेको सुनचाँदी व्यवसायी विश्वकर्माले उल्लेख गरे। विपत्तिको बेलामा गरिने सहयोग नै सबैभन्दा धेरै पुण्यको कार्य भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहयोगका कार्यलाई निरन्तरता दिने बताए । ‘विपतको बेला सहयोग प्रदान गर्ने नेपालीहरुको संस्कार पनि हो।’ विश्वकर्माले भने ‘संकटको यस घडिमा सरकारले जारी गरेको नियमलाई पालना गर्दै सहयोगी भावना पनि व्यक्त गर्नुपर्दछ।’

प्रत्येक, टोल तथा घरघरमा माक्स तथा वितरण गर्दै उनले कोरोना भाइरसबाट बच्नका लागि माक्सको सही प्रयोग गर्न तथा साबुन पानिले मिचिमिचि हात धुन आग्रह गर्दै यसबेला व्यक्ति आफै पनि बढि संयम हुनुपर्ने उल्लेख गरे। विश्वकर्माले कोरोना भाइरसबाट बच्नका लागि सरफाईमा बिशेष ध्यान पुराउनु पर्ने बताउँदै यसबेला परिवारका सबै सदस्यहरु सजक बन्नु पर्ने उल्लेख गरे। माक्स तथा साबुन लिएर विश्वकर्मा आफैँ टोलटोलमा पुगेको देख्दा पराल्मीका समाजसेवि शिव पोखरेलले प्रंशसा व्यक्त गरे। उनले आगामी दिनमा पनि सहयोगरुपी कामलाई अगाडि बढाउन आग्रह समेत गरे। माक्स तथा साबुन वितरण कार्यमा त्यस वडाकी सामाजिक परिचालिका हिमा सुर्यवंशी, स्थानीय गोर्कण सुनार लगायतले सहयोग पुराएका थिए।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D