जिल्ला समाचारमुख्य हेडलाईन

गुल्मीका सिमान्तकृत माझी समुदायसँग कांग्रेस नेता भण्डारीले २ दिन दसैं मनाए

कौरव खत्री
गुल्मी, २३ असोज ।नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गृह जिल्ला गुल्मीमा पुगेर बुधवार पनि विभिन्न ठाँउमा रहेका बोटेमाझीहरुसँग दशैँ मनाएका छन् । बिगत छ वर्षदेखि सिमान्तकृत तथा अल्पसंख्यक बोटे माझी र दलित समुदायसँगै दशैंं मनाउँदै आएका भण्डारीले यस वर्ष पनि दुई दिन त्यसलाई निरन्तरता दिएका हुन् ।

दशैका अवसरमा कांग्रेस नेता डा.चन्द्र भण्डारीले नेताहरुले जनताको अभिभावकको भूमिका निर्वाह गर्न नसक्दा जनता दुखित भएकोमा नेताले अभिभावकत्व दिन सक्नु पर्ने बताए । विद्यालय र अभिभावकहरुसँगै दशै मनाएको भन्दै बच्चाको भविष्यलाई सबै मिहेनत गर्यो र अभिभावकत्व प्रदान गरे मात्र नेपालले फ्ड्को मारेर बढ्ने अगाडी बढ्ने भन्दै नेपालमा अशिक्षा र गरिवी भन्ने नरहने बताए । साथै उनले भने एउटा पाठ सबैलाई सिकाउन खोजेको भन्दै अलि अलि हुनेखानेहरुले आफ्नो परिवार र छोराछोरीलाई मात्र नभएर अरुलाई पनि आफ्नो मान्यौ भने देश सम्पन्न हुने भन्दै सबैले हात र मन फुकाएर सहयोग गर्न आग्रह गरे । साथै उनले अवसर पाए यस्तै बस्तीबाट बैज्ञानिक जन्मन सक्ने बताए ।

बुधवार एकादशीको दिन नेता भण्डारीले हुगाँको र्झेदी निमावि, बम्घाको लक्ष्मी निमावि, आटिपाटा प्रावि, जनजागरण प्रावि र माझी प्रावि गरि बोटे माझी र अन्य विद्यार्थी गरि करिव ६ सय ५० बोटे विद्यार्थीहरुलाई टिका जमरा आर्शिवाद र दक्षिणा सहित शैक्षिक सामाग्री कपि पेन र झोला उपहार दिएका थिए । भने माझीसमुदायका अभिभावकहरुलाई दशैको टिका जमरा लगाएर दक्षिणा सहित माझी महिलाहरुलाई लुङगी समेत दशैको उपहार प्रदान गरेको भण्डारीका स्वकीय सचिव माधव न्यौपानेले जानकारी दिए ।

दशैको दिन गुल्मी दरवार गापा १,माझीबस्तीमा पुगेर माझी प्राथमिक र नरहरि माध्यमिक विद्यालय तथा चन्द्रकोट गाँउपालिका ८ को ज्ञानोदय माध्यमिक विद्यालयका गरि करिव २ सय ५० जना बोटे माझी र कुमाल विद्यार्थीहरुलाई टिका दक्षिणा सहित शैक्षिक सामाग्री कपि पेन र झोला उपहार दिएका थिए । त्यस्तै करिव ५ सय बोटे माझी अभिभावकहरुलाई टिका दक्षिणा सहित नयाँ बस्त्र लुङ्गी उपहार प्रदान गरेको भण्डारीका स्वकीय सचिव माधव न्यौपानेले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D