गुल्मीका विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण

गुल्मी, भदौ १५ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले ९०० विपन्न परिवारका लागि निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । १२ स्थानीय तहका विपन्न परिवार विद्युत् मिटर लिन नसकेर विद्युतविहीन हुन नपरोस् भनेर निःशुल्क मिटर उपलब्ध गराएको वितरण केन्द्रका प्रमुख नारायण अर्यालले बताए ।

अर्यालका अनुसार गत आर्थिक वर्षमा स्थानीय तहकोे सिफारिसको आधारमा ९०० वटा मिटर वितरण गरेको बताए। एउटा मिटरका लागि अहिले दुई हजार १०० रुपैयाँ तिर्नु पर्दछ । घर नजिकबाटै विद्युतको तार टाँगिए पनि विपन्न भएकै कारण उनीहरु विद्युतविहीन भएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ