गुल्मीका मृगौला पीडितको लागि फेसबुक मार्फत चार लाख सहयोग संकलन

हुमाकान्त पोखरेल
गुल्मी, ०२ पुस । सामाजिक संजाल फेसबुकमार्फत गुल्मीका एक युवालाई चार सहयोग रकम संकलन गरिएको छ । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरका मृगौलापीडित २८ बर्षिया कमल मुखियालाई चार लाख १२ हजार रकम संकलन गरिएको हो ।

स्थानीय शिक्षक बाबुराम पन्थीले अभियानका रुपमा संचालन गरेको फेसबुकमार्फत उक्त रकम संकलन भएको हो । विगत एक बर्षदेखि मुखियाका दुवै मृगौला फेल भएकोले हाल भारतमा उपचार गराइरहेका छन् । तीन महिनामा संचालन गरेको सहयोग अभियानबाट सो रकम संकलन भएको र संकलित रकम पीडितलाई पठाइएको पन्थीले बताए ।

पीडित मुखियाको आर्थिक अवस्था एकदमै न्यून भएका कारण फेसबुकमार्फत अभियान सञ्चालन गरिएको हो । हाल मुखियाका बुबा पनि विगत नौ महिनादेखि पिसाव र उच्च रक्तचापसम्बन्धी समस्याले ग्रसित छन् । उनको पनि मासिक १० हजार उपचार खर्च लाग्ने भएकोले खर्च जोहो गर्न गाहे परिरहेको परिवारले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ